कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कतार विश्वकप २०२२ को छनोट चरणको खेल र इराकविरुद्ध यसै महिना हुने मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ६ खेलाडीले पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका छन्।
शनिबार नेपाल सुपर लिग (एनएसएल) समापन भएसँगै आइतबार अलमुताइरीले विश्वकप छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए। प्रारम्भिक टोलीबाटै थ्री नेसन्स कप जित्दाको टोलीका राष्ट्रिय टोलीका गोलकिपर विकेश कुथु, मिडफिल्डर सुजल श्रेष्ठ, अजित भण्डारी, तेज तामाङ, संजोक राई, छिरिङ गुरुङ र त्रिदेव गुरुङ बाहिरिएका थिए।
मंगलबार घोषित २३ सदस्यीय टोलीमा गोलकिपर विशाल सुनारका साथै मिडफिल्डर कमल थापा, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान र मनीष डाँगीले स्थान बनाएका हुन्। यी युवा खेलाडीले एनएसलमा राम्रो प्रभाव छाडेका थिए। कमल, गौतम र आयुष तीनै जनाले पोखरा थन्डर्सबाट राम्रो प्रदर्शन गरेका थिए। मनीष र सुरजले पनि विराटनगरबाट राम्रो प्रभाव छाडेका थिए। यद्यपि, दुवै टोली लिग चरणबाटै बाहिरिएका थिए। विशाल सम्मिलित चितवन एफसी पनि लिग चरणबाटै बाहिरिएको थियो।
राष्ट्रिय टोलीमा स्ट्राइकर नवयुग श्रेष्ठ र सन्तोष तामाङले पुनरागमन गरेका छन्। राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका भरत खवास, रञ्जित धिमाल, अमित तामाङ, सेसेहाङ आङदेम्बे, रवि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ भने टोलीबाट बाहिरिएका छन्। नेपालले आगामी मे २९ मा इराकको बास्रामा मैत्रीपूर्ण खेल खेल्दै छ। विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत भने नेपालले आगामी जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग चुनौती प्रस्तुत गर्दै छ।
यी समूहका सबै खेल सेन्ट्रेल भेन्यु कुवेतमा हुनेछन्। छनोट चरणको तयारीस्वरूप नै नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। गत बुधबारबाटै अखिल नेपाल फुटबल (एन्फा) ले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रशिक्षण सुरु गरिसकेको छ।