भारोत्तोलनको प्रशिक्षण प्रतिष्ठान सञ्चालन
१२ वैशाख २०७८
•
१ मिनेट पाठ
भारोत्तोलनको प्रशिक्षण प्रतिष्ठान सञ्चालन
काठमाडौं जिल्ला भारोत्तोलन संघले भारोत्तोलन प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याएको छ। कीर्तिपुर नगरपालिका वडा–६ को सहयोगमा प्रतिष्ठान सञ्चालन गरिएको हो।




कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव केशव स्थापितले प्रतिष्ठानको रिबन काट्नुका साथै भार वहन गरी संयुक्त उद्घाटन गरे। काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्र शाहले कीर्तिपुर नगरपालिका महानगरीय प्रहरी वृत्तका प्रमुख एवं भारोत्तोलनका केन्द्रीय उपाध्यक्ष रुकेश तण्डुकारको विशेष पहलमा प्रतिष्ठान सञ्चालन गर्न सम्भव भएको बताउँदै प्रतिष्ठानले भविष्यमा देशलाई योगदान दिने खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए।

प्रतिष्ठान सञ्चालन गर्न वडा ६ ले जलविनायकस्थित वडा कार्यालय छेउमै रहेको भवन उपलब्ध गराएको छ। आवश्यक प्रशिक्षण सामग्री जिल्ला भारोत्तोलन संघले व्यवस्था गरेको हो। भवनआसपास खाली रहेको जग्गामा वडा खेलकुद विकास तदर्थ समितिमार्फत खेलकुदका अन्य संरचना पनि निर्माण गरिने वडा अध्यक्ष नुच्छेबहादुर महर्जनले जानकारी गराए। मेयर महर्जनले सीमित श्रोत र साधनका बावजुद नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताए।
अर्को समाचार
एशियाड तयारीमा रहेका भारोत्तोलन खेलाडीको पोखरामा बन्द प्रशिक्षण
०९ साउन २०८०
•
२ मिनेट पाठ
एशियाड तयारीमा रहेका भारोत्तोलन खेलाडीको पोखरामा बन्द प्रशिक्षण
चीनको हाङझावमा हुने १९ औं एशियाड सुरु हुन अब दुईमहिना मात्रै बाँकी छ। दुईमहिना बाँकी हुँदा छनोट भएका खेलाडीहरु यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छन्। केही खेल बन्द प्रशिक्षणको लागि पोखरामा प्रशिक्षणरत छ।   




गत शनिबार मात्रै भारोत्तोलनका खेलाडीहरु पोखरा आईपुगेका छन्। उनीहरुलाई मंगलबार विहान पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा कास्की जिल्ला भारोत्तोलन संघका कार्यबाहक अध्यक्ष उमेश सिकेले स्वागत गरे। स्वागतसँगै कार्यालय प्रमुख योगीले पोखरामा प्रशिक्षणको क्रममा कुनै अप्ठ्यारो तथा समस्या नहुने स्पष्ट पारे। उनले राष्ट्रिय खेलकुद परिषदले नै खेलाडीको प्रशिक्षण, आवास तथा खानपिनको अनुगमन गर्न निर्देशन गरेको बताए। 

एशियाडमा भारोत्तोलनका ४ खेलाडीले विभिन्न तौलमा प्रतिस्पर्धा गर्ने छन्। ५५ केजी तौलमा टिकामाया गुरुङ, ६४ केजी तौलमा सारदा चौधरी, ८१ केजी तौलमा विकास भट्ट र हेभीवेट ९६ केजीमा विशाल विष्ट रहेका छन्।  उनीहरुसँगै भारोत्तोलनबाट ओलम्पिक तयारीमा रहेको सागर भण्डारी समेत प्रशिक्षणमा संलग्न छन्। भण्डारीले १०९ केजीमा प्रतिस्पर्धा गर्ने छन्। 

उनीहरुलाई प्रशिक्षक जीवन गौतमले प्रशिक्षण दिईरहेका छन। ‘एशियाड अब दुईमहिना मात्रै बाँकी छ। दुई महिना नै पोखरामा प्रशिक्षण गर्ने योजना हो’ प्रशिक्षक गौतमले भने–‘बीचमा परिषदले बोलाायो भने फर्किन्छौं। थोरैमा पनि एकमहिना पोखरामै प्रशिक्षण गर्छौ।’ उनले पोखरामा प्रशिक्षण गराउँदा नयाँ उत्साह थपिने स्पष्ट पारे।

‘सधै एकै ठाँउमा(काठमाडौंमा) प्रशिक्षण गराउँदा समस्या। त्यसमा पनि एशियाड खेल्ने र अन्य खेलाडी एकैठाँउमा प्रशिक्षण गराउन कठिनाई हुदैं आएकोले पनि नयाँ ठाँउमा(पोखरा) आयौं,’ उनले भने, ‘शान्त बातावरणमा प्रशिक्षण गराउँदा खेलाडीमा पनि उर्जा मिल्छ, उत्साह थपिन्छ।’ प्रशिक्षण गौतमले पोखरामा प्रशिक्षण गराउन आवश्यक भारोत्तोलनका सबै सामान भएकोले पनि सहज भएको जिकिर गरे। 

उनका अनुसार परिषदले असार मसान्तसम्म ९ सय रुपैयाँ दैनिक भत्ता दिने गरेको थियो। दैनिक भत्ताले काठमाडौंमा प्रशिक्षण गराउन समेत कठिनाई थियो। पोखरा आईसकेपछि दैनिक भत्ता परिषदले बढाईदिएको छ। खेलाडीलाई प्रशिक्षणसँगै आवश्यक खानपिनमा विशेष ध्यान दिइएको प्रशिक्षक गौतमले जानकारी दिए। 

पोखरामा केहीदिन अघि मात्रै महिला ह्याण्डबल टोली प्रशिक्षणको लागि आईपुगेको थियो। झण्डै दुईसातादेखि रग्बीको महिला तथा पुरुष एवं यु–२० टोली समेत पोखरामा प्रशिक्षणरत छ। आर्चरीको पनि पोखरामै प्रशिक्षणमा व्यस्त रहेको छ। पोखरामा भएको बन्द प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अनुगमन गरेर फर्किएका थिए। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५२ सेकेन्ड अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस