मेयरकप फुटबल उपाधि कटारी ३ लाई
१४ चैत्र २०७७
•
२ मिनेट पाठ
मेयरकप फुटबल उपाधि कटारी ३ लाई
उपाधि विजेता टोली ट्रफि उचाल्दै मेयर र प्रवक्ता राईसँग । तस्बिरः महेश्वर
उदयपुरको कटारीमा सम्पन्न ‘तेस्रो मेयरकप फुटबल प्रतियोगिता ०७७’को उपाधि कटारी ३ ले सुरक्षित गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको फाईनल खेलमा गतवर्षकै बिजेता  कटारी ३ ले कटारी ५ लाई १–० सहज गोल अन्तरले पराजित गर्दै उपाधि कायम राखेको हो ।  




अत्यन्त रोमान्चक र प्रतिस्पधात्मक भएको फाईनल खेलमा कटारी ३ का प्रशील कार्कीले मध्यान्तरपछि गरेको सुन्दर हेड गर्दै भएको गोल नै टिमलाई विजयी बनाउन निर्णायक भूमिका खेलेको थियो । उनको जवाफी गोल फर्काउन नसक्दा कटारी ५ उपविजेतामै सीमित हुनुपर्‍यो ।  

विजेताले उपाधिसँगै लाभकर कटाएर नगद ७६ हजार २ सय ५० रुपैंया, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कटारी ५ लाई लाभकर कटाएर नगद ३८ हजार ७ सय ५०, मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि कटारी ५ का सागर राई घोषित भए भने उदीयमान खेलाडी कटारी ३ सुरन धामी भए ।  

त्यस्तै उत्कृष्ट डिफेन्डर कटारी ३ का गोपाल लिम्बु हुँदा सर्वोत्कृष्ट गोलकर्ताको उपाधि कटारी ३ का प्रताप राईले पाए । फाईनल खेलको म्यान अफ द म्याच कटारी ३ कै प्रशील कार्की तथा उत्कृष्ट  गोलरक्षक कटारी ३ कै रोशन राना घोषित भएका थिए । विधागत उपाधि पाउने सबै खेलाडीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो ।  

स्थानीय साथी समूह कटारीको आयोजना र नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको शुक्रबारै आयोजित समापन समारोहमा कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राई र नगर उपप्रमुख भीमकुमारी राउतलले ट्रफि, नगद र प्रमाणपत्रसहित पुरस्कार बितरण गरे ।  

पुरस्कार वितरण गर्दे मेयर श्रेष्ठले खेलकुद क्षेत्रमा कटारी नगरपालिका र आफु सँधै सकारात्मक भएर लाग्दै आएको बताए । उनले खेलकुद क्षेत्रमा अन्र्तराष्ट्रियस्रतमा नाम कमाईसकेका फुटबलका राष्ट्रिय खेलाडी हीरा भुजेल र कराँतेकी अनुपमा मगरजस्ता कटारी नगरका खेलाडीलाई नगरको सदभावना दुत नियुक्त गर्ने घोषणा गरे । उनले कटारीमा खेलकुदका लागि आवश्यक भौतिक संरचना निर्माण गर्दै गएको र अझ गर्दै जाने प्रतिबद्धता पनि मेयर श्रेष्ठले जनाए । कटारीको खेलमैदान रहदै आउको स्थानीय टाईगर फिल्डलाई भूमाफियाबाट बचाएकोमा खेलाडी दिपक राईजस्ता कटारीका युवाहरुलाई मेयर श्रेष्ठले धन्यवाद दिएका थिए ।

एन्फा प्रवक्ता किरण राई र उपमेयर भीमकुमारी राउतलगायत वक्ताहरुले खेलकुद क्षेत्र युवाहरुका लागि अनिवार्य भएको भन्दै यसमा नगरपालिका, प्रदेश र संघीय तीनै तहका सरकारले प्राथमिक्ताका साथ बजेट छुट्याएर खेलकुदका गतिबिधि गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए । कटारी नगरपालिका जिल्लाकै फुटबल खेका लागि उर्बर भूमि सावित हुँदै आएको भन्दै त्यसै उपज राष्ट्रियस्तरका खेलाडीको जन्म भइसकको र आगामी दिनमा पनि थुप्रै खेलाडी जन्मने अपेक्षा गरिएको उनीहरुको भनाई थियो ।  

कटारी नगरपालिकाका १४ मध्ये १३ वडाबाट सहभागिता रहेको प्रतियोगिता कटारीको पुरानो बसपार्कस्थित टाईगर खेलमैदानमा सम्पन्न भएको थियो ।
अर्को समाचार
कटारी मेयरकपको उपाधि २ नं. वडालाई
१५ फागुन २०७९
•
२ मिनेट पाठ
कटारी मेयरकपको उपाधि २ नं. वडालाई
समापन कार्यक्रममा मायाको चिनो प्रदान गर्दै मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत किराती। तस्बिर: महेश्वर
उदयपुरको कटारीमा सम्पन्न ‘चौथो कटारी नगर मेयरकप फुटबल प्रतियोगिता ०७९’ को उपाधि २ नं. वडाले चुमेको छ। आइतबार दिउसो सम्पन्न फाईनल खेलमा वडा नम्बर ५ लाई ३–२ गोलको अन्तरले पराजित गर्दै २ नं. उपाधिको हकदार भएको हो। 




तोकिएको समयावधिभित्र दुवैपक्षबाट गोल नभएपछि नतिजा निकाल्न प्रतिस्पर्धी टिमलाई टाईब्रेकर खेलाउनु परेको थियो। टाईब्रेकरमा ५ नं. ले २ गोल गर्दा २ ले ३ गोल गरेर विजेता बन्दै मेयरकप उचाल्न पुगेको हो। टाईब्रेकरमा कटारी २ का खेलाडीहरु अमर मगर, मेखबहादुर पौडेल र सुनिल तामाङले गोल गरेका थिए भने ५ का लागि महेन्द्र भुजेल र सागर राईको प्रहारले जाली चुमेको थियो।

विजेता टिम २ नं. वडाले उपाधिसँगै नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ५ ले नगद ५० हजार, मेडल र प्रमाणपत्र पाएको छ। प्रतियोगिता समापन समारोहमा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले विजयी खेलाडीलाई नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरे।

त्यसैगरी उपप्रमुख गीता खड्काले उपविजेता टिमलाई नगद, मेडल र प्रमाणपत्र बितरण गरे भने प्रमुख प्रशासकीय अधिकृत अदिल किरातीले विधागत विजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी कटारी ५ का महेन्द्र भुजेल घोषित भए भने उत्कृष्ट गोलरक्षकको उपाधि कटारी २ का गोविन्द कार्कीले पाए। त्यस्तै उदीयमान खेलाडीको पुरस्कार कटारी २ का सविन कटुवालले पाए। उत्कृष्ट डिफेन्डरको पुरस्कार कटारी ४ का दिपेश राईले पाएका थिए।  

आयोजक समिति अध्यक्ष दिपक तामाङका अनुसार प्रतियोगिता अवधिभर ६ गोल गर्ने कटारी ५ कै महेन्द्र भुजेल सर्वाधिक गोलकर्ताको पुरस्कार पाउन सफल भए। उत्कृष्ट खेलाडी भुजेललाई कटारीकै अल ईन वान मोबाईल सेन्टरले १ थान एन्ड्रोईड मोबाईल पुरस्कार प्रदान गरेको छ। विधागत विजेता खेलाडीहरुलाई नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। कटारी युवा तथा खेलकुद विकास समितिको आयोजना र नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिता कटारी ३ स्थित टाईगर खेलमैदानमा भएको हो।  

प्रतियोगितामा नगरपालिकाका १४ वडामध्ये १३ नं. बाहेक बाँकी १३ वडाको तर्फबाट खेलाडी समूहको सहभागिता रहेको थियो। गत ७ गते ७३ औँ प्र्रजातन्त्र दिवशको अवसर पारेर सुरु प्रतियोगिता ८ दिनसम्म सञ्चालन भएको थियो। कार्यक्रममा प्रतियोगिताका एम्पायर, सहभागी टिम व्यवस्थापक तथा खेल संयोजकलगायतलाई आयोजकको तर्फबाट मायाको चिनो पनि प्रदान गरिएको थियो।  
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस