राष्ट्रिय महिला लिग: चन्द्रपुरको तेस्रो जित
०५ फागुन २०७७
•
१ मिनेट पाठ
राष्ट्रिय महिला लिग: चन्द्रपुरको तेस्रो जित
रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा चन्द्रपुरलाई जित दिलाउन रजनी थोकर र दिलकुमारी रानाले एक÷एक गोल गरे। 




जारी लिगमा कमजोर मानिएको चौदण्डीगढीकी मनिता तामाङले एक गोल फर्काइन्। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको खेलमा रजनी थोकरले इन्जुरी समयमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन्। ६७औं मिनेटमा दिलकुमारी रानामगरले गोल गर्दै चन्द्रपुरको अग्रता दोब्बर बनाउँदा त्यसको अर्को मिनेटमा चौदण्डीगढीकी मनिता तामाङले गोल गर्दै अग्रता घटाउन सफल भएकी थिइन्।

चौदण्डीगढीले बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र चन्द्रपुरलाई नतिजा सुम्पिन बाध्य बन्यो। जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ। लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ।उता अंकको खाता खोल्न असफल चौदण्डीगढीको यो लगातार ११औं हार हो। अब चौदण्डीगढीको लिगमा एक मात्र खेल बाँकी छ।

चौदण्डीगढी अंकविहीन रहँदै पुछारमा छ। जारी लिगमा विभागीय टोली एपिएफ तालिकाको शीर्ष स्थानमा छ। १० खेलबाट स्पष्ट जित निकालेको एपिएफको ३० अंक रहँदा दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको २५ अंक छ। 
अर्को समाचार
एन्फा पदाधिकारीलाई बेलायत जान रोक
१९ वैशाख २०८१
•
२ मिनेट पाठ
एन्फा पदाधिकारीलाई बेलायत जान रोक
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।




मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वीकृतिबिना नै मैत्रीपूर्ण खेलमा सहभागी हुन लागेका १५ जना पदाधिकारीलाई बेलायत जान रोक लगाएका हुन्। त्यसका लागि खेलकुद मन्त्रालयले गृह मन्त्रालयलाई पत्रसमेत पठाएको छ। भिसा प्रक्रियामा ढिलाइ भएपछि नेपाल राष्ट्रिय फुटबल टोली निर्धारित समयभन्दा पछि नै बेलायत जाने भएको थियो। नेपालले आगामी वैशाख २४ गते इङ्ल्यान्डको अल्डरसटमा तेस्रो डिभिजन क्लब स्टोक सिटीसँग खेल्दै छ।

एन्फाका पदाधिकारी र नेपालका लागि बेलायतका राजदूत रोब फेनले सोमबार नै नेपाली टोलीको बिदाइ गरेका थिए। नेपाली टोली मंगलबार बिहान नै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम थियो। तर, समयमा भिसा नआउँदा दिनभर नै खेलाडीको बेलायत अभ्यास अन्योलमा परेको थियो। सोही विषयमा मन्त्री विराजभक्त श्रेष्ठले राखेप सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा एन्फाका महासचिव किरण राईसँग जबाफ मागेका थिए। सो क्रममा एन्फा महासचिव राईले मंगलबार रातिसम्म भिसा आउने बताए। भिसाकै लागि भारतको दिल्ली पनि गएको महासचिव राईले जानकारी गराए।

मैत्रीपूर्ण खेलमा सहभागी गराउन एन्फाले खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम स्वीकृतिका लागि राखेपमा पत्र पठाएको थियो। तर, पाँच जना एन्फा भिआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिता स्वीकृतिका लागि भने राखेपमा पत्र नआएको पनि सदस्यसचिव घिसिङले स्पष्ट पारे। 

यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृति नलिएको जिकिर गरे। उनले बाँकी २० जना आफ्नै खर्चमा जाने पनि बताए। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार खेलाडी र पदाधिकारी सबैले विदेश जान स्वीकृति लिनुपर्ने व्यवस्था भएको सदस्यसचिव घिसिङले उल्लेख गरे। सोहीअनुरूप मन्त्री श्रेष्ठले १५ पदाधिकारीहरूलाई बेलायत जान रोक लगाएका हुन्। स्वीकृति नलिएसम्म ती पदाधिकारी बेलायत जान पाउने छैनन्।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस