लुम्बिनी र एपिएफको सानदार सुरुआत
१२ पौष २०७७
•
२ मिनेट पाठ
लुम्बिनी र एपिएफको सानदार सुरुआत
लुम्बिनी प्रदेश र विभागीय टोली सशस्त्र प्रहरी बलले दाङमा शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।  




लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा प्रदेश–२ लाई ९ विकेटले हराउँदै लुम्बिनी प्रदेशले सानदार सुरुआत गरेको हो। ७८ रनको झीनो लक्ष्य लुम्बिनीले एक विकेट गुमाउँदै १६.१ ओभरमा पूरा गरेको थियो। लुम्बिनी प्रदेशका लागि गीता गोसाईंले सर्वाधिक २६ रनको अविजित योगदान दिइन्। ४२ बल खेलेकी गीताले दुई चौका प्रहार गरिन्। लुम्बिनीले एक मात्र विकेटका रूपमा सरस्वती घर्तीमगरलाई २२ रनमा गुमाएको थियो। उनी कविता गौतमको बलमा क्लिन बोल्ड भएकी थिइन्। त्यसपछि ब्याटिङ गर्न आएको लुम्बिनीकी कप्तान नेरी थापाले अविजित १५ रन बनाउँदै आफ्नो टोलीलाई जित दिलाइन्।  

त्यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको प्रदेश–२ ले निर्धारित २० ओभर नै खेल्दा सात विकेट मात्र गुमाए पनि ७७ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका बलरको कसिलो बलिङसामु प्रदेश–२ ले खुलेर ब्याटिङ गर्न नै सकेन। अनुराधा चौधरी र सना प्रधानको समान २१/२१ रन नै प्रदेश–२ को सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। विमला मगरले १० रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंकमै रन जोड्न सकेनन्। लुम्बिनीकी सुस्मिता भुसालले कसिलो बलिङ गर्दै चार ओभरमा १० रन खर्चेर तीन विकेट लिइन्। स्वस्तिका बजगाईं, गीता गोसाईं र नेरीको नाममा १/१ विकेट रह्यो।  

शनिबारकै दोस्रो खेलमा सशस्त्रले कर्णाली प्रदेशलाई २ सय ४ रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले चार विकेटको क्षतिमा २० ओभर खेल्दै २ सय ३५ रनको विशाल योगफल तयार पार्‍यो, जुन योगफल पछ्याएको कर्णाली १४.१ ओभरमा ३१ रनमै अलआउट हुन पुग्यो। कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमै रन जोड्न सकेनन्। एपिएफकी करुणा भण्डारीले सर्वाधिक पाँच विकेट लिँदै कर्णालीको इनिङ ध्वस्त पारेकी थिइन्। ३.१ ओभर बलिङ गरेकी करुणाले दुई मेडन राख्दा दुई रन मात्र खर्चिइन्। एपिएफका राजमती ऐरीले दुई विकेट लिँदा सोनु खड्का र रेखा रावलले समान १/१ विकेट लिए।  

त्यसअघि ब्याटिङ गरेको एपिएफका लागि कप्तान सीता रानामगरले ६८ रनको अर्धशतकीय योगदान दिइन्। उनले ५९ बलमा ८ चौका हिर्काइन्। एपिएफकी सरिता मगर ४४ रनमा नटआउट रहँदा ज्योति पाण्डेले ३२ र इन्दु बर्माले २२ रन बनाए। कर्णालीको बलिङमा दीक्षा पुरीले दुई विकेट तथा निशा पराजुली र अन्जु गुरुङले १/१ विकेट लिए पनि महँगा साबित भए। आइबार एपिएफले प्रदेश–२ र लुम्बिनीले कर्णाली प्रदेशसँग खेल्नेछन्। शनिबारदेखि सुरु भएको प्रतियोगितामा सातै प्रदेश र एक मात्र विभागीय टोली सशस्त्र प्रहरी गरी आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिता १९ पुससम्म चल्नेछ।
अर्को समाचार
प्रधानमन्त्री कप महिला क्रिकेटः रितुको कप्तानीमा बैतडीको टोली घोषणा
१६ पौष २०७९
•
१ मिनेट पाठ
प्रधानमन्त्री कप महिला क्रिकेटः रितुको कप्तानीमा बैतडीको टोली घोषणा
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ। जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।  




टोलीका अन्य सदस्यमा निर्मला भण्डारी, पिङ्की बोहरा, वसन्ती बोहरा, रेनु पेला, लक्ष्मी महर, मनिषा बोहरा, ममता बोहरा, आरती बोहरा, करिश्मा थापा, जानकी थापा, सङ्गीता मौनी, ललिता चन्द र दिव्या कार्की रहेका छन्। यस्तै पूजा कार्की, बबिता बोहरा, लक्ष्मी बोहरा, आशिका बोहरा वैकल्पिक खेलाडीका रुपमा रहेका छन्। प्रशिक्षकमा दीपेन्द्र चन्द र व्यवस्थापकमा दीपेन्द्रबहादुर बोहरालाई जिम्मेवारी लिइएको छ।  

दुईदिनसम्म सञ्चालन भएको बन्द प्रशिक्षणबाट उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए। सुदूरपश्चिम प्रदेश छनोट प्रतियोगिता यही पुस १८ गतेदेखि कैलालीको फाप्ला मैदानमा हुँदैछ।  

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम रहेका छन्। यस्तै समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा रहेका छन्।    

सहभागीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच यही पुस २३ गते फाइनल भिडन्त हुने जनाइएको छ। प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ। उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदैछ।   
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस