कपिलवस्तुको बाणगंगा नगरपालिकामा सम्पन्न राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीका बिशाल खड्का र बिधान अधिकारीले जितेका छन्। उपाधिसंगै ६६ हजार नगद र शिल्ड समेत उनीहरुले प्राप्त गरेका छन्। कपिलवस्तुका बिनोद पौडेल र राजु थापालाई हराउदै सोझो सेटमा कास्कीले जित हासिल गर्न सफल भएको हो।
पहिलो सेट २१–१६ र दोस्रो सेठ २१–७ ले कास्की बिजयी भएको हो। द्धित्तिय भएको कपिलवस्तुले ३३ हजार शिल्ड र मेडल पाएका छन्। कार्यक्रममा खेलाडीलाई प्रदेश सांसद बिष्णु पन्थीले शिल्ड र मेडल प्रदान गरेका थिए। उनले युवालाई खेलसगं जोड्न सके समाज राम्रो हुनुका साथै खेल क्षेत्रमा पनि अगाडी बढीने बताए। प्रतियोगिता बाणगंगा नगरपालिका वडा न. ४ र शान्ती दिप युवा क्लवको समन्वयमा प्रतियोगिता भएको हो।
प्रतियोगितामा बिभागीय टोलीसहित देशभरका ३७ समूहको सहभागिता रहेको थियो। वडाध्यक्ष गणेशबहादुर क्षेत्रीले प्रतियोगितालाई निरन्तरता दिने बताउदै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्।