कोरोना प्रभावित खेलाडीलाई बाँके जिल्ला फुटबल संघ(एन्फा)ले राहत वितरण गरेको छ । अखिल नेपाल फुटबल संघको सहयोगमा शनिबार ४३ जना खेलाडीलाई जनही एक हजार सात सय ४५ रुपैया प्रदान गरियो ।
नेपालगन्जको धम्बोझी स्थित ग्रासरुट टेक्निकल सेन्टरमा प्रदेश ५ का सासद एवम ओलम्पियन सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर, बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही, नेपालगन्ज उपमहानगपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजाल, एन्फा पुर्व उपाध्यक्ष गोर्वद्धन सिंह सम्झना लगायतले खेलाडीलाई चेक हस्तान्त्रण गरेका थिए ।
संकट समयमा एन्फाले आफ्ना खेलाडीलाई गरेको सहयोग उदाहरणीय भएको ओलम्पियन हमालले बताए । उनले भने, ‘कोरोनाले सबै क्षेत्रलाई प्रभावित गरेको छ । यस्तो बेला संघले राम्रो काम गरेको छ । फुटबल खेल संसारमै लोकप्रिय खेल हो । यसले आफ्ना खेलाडीका बारेमा सोचेर सहयोग गरेको छ । फुटबल जस्तै अन्य संघले यस्ता कार्यक्रम गर्न जरुरी छ । कोरोना प्रभावित खेलाडीको बारेमा राष्ट्रिय खेलकुद परिषदलाई केहि योजना बनाउन म आग्रह गर्दछु ।’
उपमेयर थापाले नगरपालिकाले खेल र खेलाडीकर्मीको सम्मानका लागि कार्यक्रम सुरुआत गरेको बताइन्। ‘खेलाडीले हासिल गरेको सफलता र मिहिनेतलाई हामी सम्मान गछौं । त्यसकै लागि गत वर्ष देखि हामीले वार्षिक रुपमा खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रमको सुरुआत गरेका छौं ।’ उनले भनिन ।
कोरोना प्रभावित खेलाडीलाई सहयोग गर्नका लागि एन्फाले बाँके जिल्ला फुटबल संघलाई ७५ हजार प्रदान गरेको थियो । राहतका लागि ४६ जनाले आवेदन दिएका थिए । त्यसमा ४३ जनालाई राहत दिइएको फुटबल संघले बताएको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले सहयोग रकम थोरै भएपनि खेलाडीको दैनिक सहज बनाउन सहयोग गर्ने बताए । उनले भने, ‘फुटबल संघ आफनो खेलाडीको संरक्षणमा सधै अगाडी छ । आज हामीले अप्ठयारोमा परेको फुटबल खेलाडी र प्राविधिकलाई गरेका छौं । यसले दैनिक जीवनमा थोरै भएपनि सहयोग पुग्नेछ ।’
कोरोना प्रभावित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ।
कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए।
वडाबाट पाएको रकमलाई सही ठाउँमा सदुपयोग गर्ने रकम पाएका परिवारका सदस्यको भनाइ छ। कृषि क्षेत्रलाई अगाडि बढाएर व्यावसायिक बनाउन किसानलाई अनुदानका कार्यक्रममा पूर्ण सहभागी गराउने वडाको लक्ष्य रहेको बताइएको छ। रासस
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...