वीरेन्द्रनगरमा जारी यु–१६ टी.बी. शाह स्मृति कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा कोशीले कर्णालीलाई र सुदूरपश्चिमले गण्डकी प्रदेशलाई पराजित गरेको छ।
कालुङचोक मैदानमा भएको खेलमा कर्णालीले कोशीलाई ९१ रनले नतिजा सुम्पिदा वीरेन्द्रनगर मैदानमा सुदूरपश्चिमले गण्डकीलाई ७ विकेटले हरायो।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको प्रतियोगिताको नवौं दिन घरेलु मैदानमा टस जितेर बलिङ रोजेको कर्णालीविरुद्ध कोशी प्रदेशले ४४ ओभर १ बल खेल्दै सम्पूर्ण विकेट गुमाएर १८२ रन बनायो।
कोशीका ओपनर अफन ताहिरलाई बोल्ड गर्दै रोयल डक बनाएर इनिङको सुरुवात गरेका विजय बोहराले रविन मण्डललाई ३७ रन र विकास कामतलाई ११ रनमा बोल्ड गर्दै आफ्नो वर्चश्व देखाए।
१० ओभरको बलिङमा कोशीका शिवांश बजगाईंलाई पनि डक आउट गराउँदै सुरुवाती ३ विकेट लिए पनि ४१ डटमा ४१ रन दिएका विजयले १० वाइड र १ नो' बल गरी ११ रन अतिरिक्त खर्चिए।
ओपनर मध्येका एशिल मण्डललाई ३८ बलमा १८ रनको व्यक्तिगत स्कोर जोडेको अवस्थामा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माले एलबीडब्ल्यूको धरापमा पार्दै पभेलियन फर्काए।
प्रतियोगिताको सुरुदेखिनै निकै अनुशासित र किफायती बलिङ गर्दै आएका कप्तान विपिनले २ दशमलव ५ शून्यको औसतमा १ मेडन, ४५ डट खेल्दै २५ रन खर्चिएर १ विकेट लिए।
अन्य बलरले पनि अपेक्षाकृत राम्रै बलिङ गर्ने क्रममा एकेन्द्र बुढाले २८ रनमा ३, नवीन न्यौपानले २४ रनमा २ विकेट झार्दै आफ्नो जिम्मेवारी पूरा गरे।
एकपछि अर्को विकेट पतन भएपछि धर्मराएको कोशीको पारीलाई सम्हाल्दै मिडल अर्डरका रविन मण्डलले ३७ तथा सातौं क्रमका सुगम बुढाथोकीले ५४ रनको अर्धशतकीय पारी खेल्दै सम्मानजनक स्कोरसम्म पुर्याए।
यी दुईको बीचमा आएका प्लयेर अफ दि म्याच कविराज खत्रीले १८ विकास कामतले ११ रनको व्यक्तिगत स्कोर थप्दा कर्णालीले २५ रन अतिरिक्त भुक्तानी दियो।
१८२ रनको मध्यम स्कोर पछ्याएको कर्णालीले ओपनरमध्ये कस्तुभ खड्कालाई १२ तथा नवीन न्यौपानेलाई ४ रनमा गुमाएपछि सम्हालिने मौकै पाएन।
तेस्रो क्रमका ब्याटर भूपेन्द्रजंग शाही रविन मण्डलको बलमा सुयोग भट्टराईलाई क्याच थमाउँदै गोल्डेन डक हुँदा चौथो नम्बरका नेत्रविक्रम खत्री पनि सुयोगकै बलमा शिवांशलाई क्याच थमाउँदै शून्यमै डगआउट फर्किए।
कर्णालीका लागि सर्वाधिक २४ रन जोडेका रोशन शाही, १४ रन जोडेका विजय बोहोरा र नमनसिंह थापाले ११ रनको योगदान दिए पनि जीतका लागि पर्याप्त भएन।
कोशीका लागि कविराज खत्रीले ४ विकेट लिँदा रविन मण्डल, सुयोग भट्टराई तथा हार्दिक गोठियाको नाममा समान दुई/दुई रह्यो।
सुदूरपश्चिमले वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकीलाई ७ विकेटले हराउँदै दोस्रो जीत हात पार्यो। वीरेन्द्रनगर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले ४७.१ ओभरमा सबै विकेट गुमाएर १४२ रन जोड्यो।
गण्डकीका लागि करन गैरेले २७, रोज श्रेष्ठले २५, अनिष श्रेष्ठले १७, शैलेश काफ्लेले ११ र विनय कार्कीले १० रन जोडे भने बाँकीले दोहोरो अङ्क पूरा गर्न सकेनन्।
सुदूर पश्चिमका सुशील रावलले तीन विकेट आफ्नो नाममा लेखाउँदा राहुल साउँद र हिमाल दौल्यालले समान दुई–दुई विकेट हात पारे।
१४३ रनको लक्ष्य भेट्टाउन मैदान उत्रिएको सुदूर पश्चिमका ओपनर विक्रम बोहराले जिम्मेवारीपूर्ण पारी खेल्दै ४४ बलको सामना गर्दै ५७ रनको अर्धशतकीय पारी खेले। करन गैरेको बलमा सुप्रिम सुनारलाई क्याच थमाउनुअघि विक्रमले ८ चौका र २ छक्का प्रहार गरेका थिए।
तेस्रो क्रमका ब्याटर भाष्कर जोशीले नटआउट ४६ रनको योगदान दिँदा आयूष चन्द ७, अविरल विक ८ र लोकेश चन्दले ५ रन जोडे। हालसम्म एक खेल जित्न नसकेको गण्डकीका लागि रिदम पाण्डे, सुशील भूषाल र सुप्रिम सुनारले समान एक–एक विकेट लिए।