सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. शाह स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैठौं दिन बलिङ र ब्याटिङ दुबैमा नियन्त्रण गुमाउँदा गण्डकीले कोशीसामु १७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ।
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुङचोक मैदानमा भएको खेलमा कोशीले नौ विकेट गुमाउँदै २५६ रन बनायो। प्रतियोगितामा पूरै ५० ओभर खेल्ने टिम पनि कोशी बनेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको कोशीका लागि सुगम बुढाथोकीले ६८ रन बनाए। उनी ७५ बलको सामना गर्दै अन्तिमसम्म क्रिजमा रहे। यस्तै कोशीका अफन ताहिर र रविन मण्डलले समान ३९ रन जोडे भने सकुशल श्रेष्ठले ३० रन बनाए।
गण्डकी प्रदेशका सुशील भुषालले चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले तीन मेर्डन राख्दै ३६ रन खर्चिए। यस्तै रिदम पाण्डे र अनिष राउतले समान दुई–दुई विकेट लिए।
२५७ रनको लक्ष्य पछ्याएको गण्डकी ८५ रनमा समेटियो। गण्डकीका लागि विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले नटआउट १२ रनबाहेक अरूले दोहोरो अङ्क जोड्न सकेनन्।
कोशीका रवीन मण्डल प्लेयर अफ दि म्याच बने। उनले चार चौका र एक छक्कासहित ३९ रन बनाउनुका साथै सात ओभर बलिङ गरेका उनले चार ओभर मेर्डन राखेर पाँच विकेट लिए।
वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई ३७ रनले हरायो। टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले ४६ दशमलव ५ ओभरमा अलआउट हुनुअघि २४८ रनको मध्यम स्कोर बनाएको थियो।
बागमतीका लागि आशिष गुप्ताले सर्वाधिक ५३ रन बनाए। यस्तै, ओपनर सूर्यान्सु कोइराला अर्धशतक बनाउनबाट एक रनले चुके। ३० बलको सामना गरेका उनले तीन छक्का र छ चौकाको मद्दतमा ४९ रन बनाए। यस्तै, राजेश बोहराले ४६ रन बनाउँदा शिवशक्ति महतोले २२ रन बनाए।
मधेस प्रदेशका अभय यादवले पाँच विकेट लिए। उनले ८.५ ओभर बलिङ गर्दै ४२ रन खर्चिए। यस्तै रोहन यादवले दुई तथा राजेशकुमार सदा, नुमिर अहमद र शेख अरमानले एक–एक विकेट हात पारे।
जवाफी ब्याटिङ थालेको मधेशले २११ रन मात्रै बनाउन सक्यो। मधेशका लागि मरिमर्जन यादवले सर्वाधिक ३५ रन बनाए। उस्तै, आयान मुखियाले ३३, रोशन यादवले २१, रुपेश यादवले १८, सुशान्त सिंहले १६ रन बनाए।
मधेसलाई सस्तैमा समेट्ने क्रममा रोहित ठाकुर, सुशील साउँद, प्रसिद्ध जैसी र शिवशक्ति महतोले समान दुई–दुई विकेट लिए।