कर्णाली प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको यु-१६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघको आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सह आयोजनामा जेठ १९ देखि ३१ गतेसम्म सुर्खेतमा प्रतियोगिता हुन लागेको हो ।
केन्द्रीय कोषाध्यक्ष एवम् प्रदेश अध्यक्ष पदमबहादुर खड्काले एसियन क्रिकेट काउन्सिलको कार्य तालिका अनुसार आगामी जुनमा हुने एसिसी मेन्स यू-१६ कप २०२५ का लागि नेपाली टिम तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
खड्काका अनुसार प्रतियोगितामा सात वटै प्रदेशको टिम सहभागी हुनेछन् । 'उत्कृष्ट खेल्ने खेलाडीहरूलाई आगामी जुनमा हुने एसिसी मेन्स यु(१६ प्रतियोगीताका लागि छनोट हुनेछन्,' उनले भने,'पहिलोपटक कर्णालीमा ठूलो प्रतियोगिता हुन लागेकाले तयारीमा लागिरहेका छौं।'