इटहरीमा शनिबार आयोजित दोस्रो तरहरा अर्गानिक १० किलोमिटर खुल्ला दौड प्रतियोगितामा दुई हजारभन्दा बढीले सहभागिता जनाएका छन्। तरहरा रनको आयोजनामा भएको यो प्रतियोगितामा विभिन्न उमेर समूह र वर्गका विजेताहरूले पुरस्कार प्राप्त गरेका छन्।
पुरुष खुल्ला (१६–४० वर्ष) मा केन्याली नागरिक जुलियस मुरिकि प्रथम भए। उनले १० किलोमिटर दौड ३१ मिनेट ७ सेकेन्डमा पूरा गरी नगद ३० हजार र मेडल प्राप्त गरे। गजेन्द्र राईले ३२ मिनेट ७ सेकेन्डमा दोस्रो र सरोज लिम्बुले ३२ मिनेट ९ सेकेन्डमा तेस्रो स्थान हासिल गरे। गजेन्द्रले २० हजार र सरोजले १० हजार नगदसहित मेडल पाए।
महिला खुल्लामा पूर्व लक्ष्मीले ३८ मिनेट १० सेकेन्डमा दौड पूरा गरी प्रथम स्थान हासिल गरिन्। उनले नगद ३० हजार र मेडल प्राप्त गरिन्। सुनकला राईले ४७ मिनेट २० सेकेन्डमा दोस्रो र दिक्षा राईले ५० मिनेट २० सेकेन्डमा तेस्रो स्थान प्राप्त गरेर क्रमशः २० हजार र १० हजार नगदसहित मेडल हात पारे।
१२ वर्षमुनिको महिला ३ किलोमिटरमा रेशमा दर्जी प्रथम, करिना राई दोस्रो र स्वयता चौधरी तेस्रो भए। उनीहरूलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित मेडल प्रदान गरियो।
१६ वर्षमुनिको पुरुष दौडमा पवन राई प्रथम, श्यामतुम्मा राई दोस्रो र रुपेश माझी तेस्रो भए। उनीहरूलाई क्रमशः १० हजार, ७ हजार र ३ हजार नगदसहित मेडल दिइयो।
१६ वर्षमुनिको महिलामा जुही राई प्रथम, पूजा महतरा दोस्रो र विनिता राई तेस्रो भए। उनीहरूले क्रमशः१० हजार, ७ हजार र ३ हजार नगदसहित मेडल प्राप्त गरेका छन्।
भेट्रान पुरुषमा ६० वर्षमाथिको १० किलोमिटर दौडमा धरानका विजयकुमार अभियानले ३८ मिनेट २ सेकेन्डमा दौड पूरा गरी प्रथम भए। अभिनारायण अधिकारीले ३८ मिनेट ५ सेकेन्डमा दोस्रो र लरमान अधिकारीले ४० मिनेट २५ सेकेन्डमा तेस्रो स्थान हासिल गरे। उनीहरूलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल प्रदान गरियो।
भेट्रान महिलातर्फ धरानकी जमूना लिम्बु प्रथम, कुसुम लिम्बु दोस्रो र कौशिला तामाङ तेस्रो भइन्। उनीहरूलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल दिइयो।
ह्वीलचेयर १ किलोमिटरतर्फ पुरुषमा सप्तरीका विष्णुकान्त चौधरी प्रथम, मोरङका नविराज राई दोस्रो र इटहरीका निराजन विक तेस्रो भए। महिलामा मोरङकी रोशनी लामा प्रथम, विराटनगरकी चन्द्रिका सरदार दोस्रो र धरानकी प्रतिमा दाहाल तेस्रो भए। दुवै वर्गमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल प्राप्त गरेका छन्।
तरहरा चोकबाट सुरु भएको दौड ब्रम्हपुर, भवानीपुर, अमाहा, कराइबन, इटहरी–१ को वडा कार्यालय नजिकैको आँपगाछी हुँदै पुनः तरहरा चोकमा समापन भएको थियो। विजेताहरूलाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र वडा नं। २० का अध्यक्ष मणिराम श्रेष्ठलगायतले पुरस्कार वितरण गरे।