मच्छिन्द्र एफसी दोस्रो तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पालाई टाईब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
निर्धारित समयमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो। मच्छिन्द्रका शौरभ सुब्बा, असिम गुरुङ र पूजन श्रेष्ठले सफल प्रहार गर्दै टिमलाई जित दिलाए भने पदम श्रेष्ठको प्रहार पोलमा लागेर बाहिरियो।
हिमालयन शेर्पाका उमेश कार्की, अश्विन धोराशैनी र राज कुँवरको प्रहार मच्छिन्द्रका गोलकिपर सन्तोष महतले जोगाउँदै टिमलाई जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर सन्तोष महत ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताअन्तर्गत शुक्रबार दिउँसो ३ बजे थ्रीस्टार क्लब र हनामी बीएफसी चितवनबिच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए।
खेल संयोजक सुशील सिंह ठकुरीका अनुसार प्रतियोगिताको विजेता टोलीले ११ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।
बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा फागुन १४ गतेदेखि सुरु भएको तिलौराकोट गोल्ड कपको फाइनल खेल आगामी फागुन २१ गते हुनेछ।