मच्छिन्द्र फुटबल क्लबले इटहरी रंगशालामा सम्पन्न १५औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा शानदार जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको छ।
शनिबार भएको फाइनल खेलमा मच्छिन्द्रले सगरमाथा यूथ क्लब मोरङलाई २-० को अन्तरले पराजित गर्दै सफलता हात पारेको हो।
मच्छिन्द्रले खेलको सुरुवातमै आक्रामक प्रदर्शन गर्दै विपक्षीलाई दबाबमा राख्यो। खेल सुरु भएको तेस्रो मिनेटमै मल्लिक युसुफले पहिलो गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए।
६९औं मिनेटमा ओमोलोजा करिमले अर्को गोल थप्दै टिमलाई २-० को सहज जित सुनिश्चित गराए।
प्रतियोगिताको विजेता मच्छिन्द्र फुटबल क्लबले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता सगरमाथा यूथ क्लबले ५ लाख रुपैयाँ पुरस्कार स्वरूप पाएको छ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीको प्रदर्शन उत्कृष्ट रह्यो। व्यक्तिगत विधामा भने मच्छिन्द्रका खेलाडीहरू उत्कृष्ट देखिए।
विशाल घलान तामाङ बेस्ट मिडफिल्डर घोषित भए भने मल्लिक युसुफ बेस्ट फरवार्ड तथा हाई स्कोरर बन्न सफल भए।
मच्छिन्द्रकै सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए भने विशाल श्रेष्ठ बेस्ट गोलकिपर र सङ्गीत श्रेष्ठ बेस्ट डिफेन्डर घोषित भए।
सगरमाथा यूथ क्लबका अशोक खवास म्यान अफ द म्याच घोषित भए। सर्वश्रेष्ठ खेलाडीको उपाधि सगरमाथाका कुलदिप कार्कीले जिते। उनले १ लाख रुपैयाँ पाए।
हाई स्कोरर बनेका मल्लिक युसुफले २५ हजार रुपैयाँ पुरस्कार पाए भने अन्य उत्कृष्ट खेलाडीहरूलाई जनही २० हजार रुपैयाँ प्रदान गरियो।
मच्छिन्द्रले क्वार्टरफाइनलमा झापा फुटबल क्लबलाई र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।
उता, सगरमाथा यूथ क्लबले क्वार्टरफाइनलमा एनआरटी र सेमिफाइनलमा धरान फुटबल क्लबलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेको थियो।