गाइघाट फुटबल क्लबले कोशी प्रदेश प्रिमियर लिगको उपाधि आफ्नो नाममा लेखाएको छ।
बिहीबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा पाँचथर युनाइटेड क्लबलाई एकतर्फी ११–० को फराकिलो अन्तरले पराजित गर्दै गाइघाट च्याम्पियन बनेको हो। उपाधिसँगै गाइघाटले नगद २ लाख पुरस्कार प्राप्त गर्यो।
११ जिल्लाका लिग च्याम्पियन टोलीहरू समेटिएको प्रदेश स्तरीय प्रतियोगिता चार समूहमा विभाजन गरी समूह चरण र फाइनल चरणमा सञ्चालन गरिएको थियो। फाइनल चरणमा ७ अंक जोड्दै उदयपुरको गाइघाट फुटबल क्लब च्याम्पियन बन्न सफल भयो।
उपाधिसँगै गाइघाट राष्ट्रिय लिग छनोट प्रतियोगितामा प्रदेश स्तरबाट छनोट भएको छ। धनकुटाको देउराली युथ क्लब दोस्रो स्थानमा रहँदै अन्तर प्रदेश लिगका लागि छनोट भयो। उपविजेता देउरालीले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।
यसैगरी, खोटाङको बुइपा फुटबल क्लबले तेस्रो स्थान हासिल गर्दै १ लाख रुपैयाँ पुरस्कार जित्यो। देउराली र बुइपाले समान ४–४ अंक बनाए पनि गोल अन्तरका आधारमा देउराली अघि रह्यो।
देउरालीको गोल अन्तर +५ रहेको थियो भने बुइपाको गोल अन्तर शून्य रहेको कारण तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो। पाँचथर युनाइटेड क्लब १ अंकका साथ चौथो स्थानमा रह्यो।
प्रतियोगितामा गाइघाटका कप्तान युवराज थापा उत्कृष्ट खेलाडी घोषित भए। उनलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो। उत्कृष्ट गोलकिपरको उपाधि पनि गाइघाटकै निम छिरिङ लामाले जिते।
त्यस्तै, गाइघाटकै प्रविन राई उत्कृष्ट स्ट्राइकर घोषित भए भने उत्कृष्ट प्रशिक्षकको अवार्ड किरण कुमार कार्कीले हात पारे। डिफेन्सतर्फ बुइपाका रामशुर राई उत्कृष्ट घोषित भए भने देउरालीका विपिन लिम्बू उत्कृष्ट मिडफिल्डर घोषित भए। उत्कृष्ट घोषित प्रत्येक खेलाडीलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो।