गाईघाट फुटबल क्लबले कोशी प्रदेश प्रिमियर लिगको उपाधि जितेको छ । जितसँगै गाईघाटले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
बिहीबार धरान रगशालामा भएको खेलमा पाँचथर यूनाइटेड क्लबलाई ११–० को फराकिलो अन्तरले पराजित गर्दै गाईघाटले उपाधि जितेको हो । ११ जिल्लालाई ४ समूहमा विभाजित गरी समूह चरण र फाइनल चरण गरी खेलाइएको लिगमा उदयपुरको गाईघाट फुटबल क्लब लिग च्याम्पियन बन्न सफल भएको हो । गाईघाटले फाइनल चरणमा सात अंक प्राप्त गर्यो ।
उपाधिसँगै गाईघाट राष्ट्रिय लिगको छनोट प्रतियोगितामा प्रदेश स्तरबाट छनोट भएको छ । प्रदेश प्रिमियर लिगमा धनकुटाको देउराली युथ क्लब दोस्रो भएर अन्तर प्रदेश लिगमा छनोट भएको छ । धनकुटाले नगद एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
कोशी प्रदेशका ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लब सम्मिलित प्रिमियर लिगमा खोटाङको बुइपा फुटबल क्लब तेस्रो भएर नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । लिगमा धनकुटाको देउराली र खोटाङको बुइपाले समान चार–चार अंक बनाएका थिए । यद्यपी, गोलअन्तरमा खोटाङको बुइपा–११ तेस्रो स्थानमा रहन बाध्य भयो । त्यस्तै पाँचथर युनाइटेड क्लब १ अंक सहित चौथो स्थानमा रह्यो ।
खेलमा गाईघाटका क्याप्टेन युवराज थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनलाई नगद ५० हजार पुरस्कार प्रदान गरियो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर गाईघाटकै निम छिरिङ लामा भए । उत्कृष्ट स्ट्राइकर गाईघाटकै प्रविन राई, उत्कृष्ट कोच गाईघाटका किरण कुमार कार्की घोषित भए । त्यस्तै गरी उत्कृष्ट डिफेन्स बुइपाका रामशुर राई घोषित भए । लिगमा बेष्ट मिडफिल्डर देउरालीका विपिन लिम्बू घोषित भए । उनीहरुलाई जनही १५ हजार नगद पुरस्कार प्रदानगरियो ।
उपाधिसहित गाईघाट फुटबल क्लब । तस्बिरः अमर खड्का/नागरिक