इस्टपोलले १३औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ। एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा सम्पन्न फाइनलमा लिटिल एन्जल्सलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै इस्टपोल नयाँ च्याम्पियन बन्यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो।
त्यसपछि खेलको निर्णय सिधैँ पेनाल्टी सुटआउटबाट गरिएको थियो। २०७४, २०७५ र २०७६ सालमा भएको प्रतियोगितामा लिटिल एन्जल्स उपाधि विजेता हो। निर्धारित समयमा आत्मघाती गोलमा इस्पोटले १–० गोलको सुरुआती अग्रता लिएको थियो।
लिटिल एन्जल्सका आयुष थापाले गोल फर्काएपछि खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो। पेनाल्टी सुटआउटमा इस्टपोलका छेवाङ लामा, सुमित कार्की र रुजन तामाङले गोल गरे। लिटिल एन्जल्सबाट विज्ञानराज भण्डारी मात्र गोल गर्न सफल भए।
प्रतियोगितामा लिटिल एन्जल्सका विज्ञानराज भण्डारी उत्कृष्ट फरर्वाड, चेल्सी वल्र्ड स्कुलका सुवास तामाङ उत्कृष्ट डिफेन्डर, लोयल्टीका उसुम थापा उत्कृष्ट मिडफिल्डर, इस्टपोलका विवस थिङ उत्कृष्ट गोलकिपर र इस्टपोलका सुदर्शन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए।
प्रतियोगिता अवधिभर १४ गोल गरेका लिटिल एन्जल्सका आयुश थापा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे। गेट्वे एकेडेमीले अनुशासित टिमको ट्रफी प्राप्त पार्यो।
विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, लोयल्टी विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीराम क्षेत्री, लोयल्टीका प्रिन्सिपल विरेन्द्र कुरुम्बाङ, लोयल्टी भाइस प्रिन्सिपल हरि दाहाललगायतले पुरस्कृत गरे।
चारदिने प्रतियोगितामा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको लोयल्टीका इसिए इन्चार्ज ग्याल्जेन शेर्पाले जानकारी दिए।