मच्छिन्द्र फुटबल क्लब काठमाडौं इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
सोमबार इटहरी रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा विजयी हुँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको हो । खेलमा मच्छिन्द्र फुटबल क्लबले झापा ११ फुटबल क्लबलाई १-० गोलको अन्तरले पराजित ग¥यो । जितका लागि मच्छिन्द्र फुटबल क्लबका तर्फबाट खेलको ३१ औं मिनेटमा मलिक बामिदेले युसुफले गोल गरे । उनले गरेको गोल नै खेलको निर्णायक बन्यो । मच्छिन्द्रले पुरै खेल अवधिभर झापा एघारलाई दबाबमा राख्यो ।
प्रतियोगिता अन्तर्गत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज यूनाइटेड काठमाडौं र धरान फुटबल क्लबबिच हुनेछ । फागुन १० गतेसम्म चल्ने गोल्ड कपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ ।