नेपाल महिला रग्बी क्लबको आयोजनामा फागुन ६ र ७ गते राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप हुने भएको छ।
च्याम्पियनसिपमा ६ प्रदेश र दुई क्लब गरी कुल आठ टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन्। त्रिपुरेश्वरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष एलिसा थापाले प्रतियोगिताबारे जानकारी दिइन्। प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ। भक्तपुरको मध्यपुर मैदानमा खेलहरू हुनेछन्। सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। लिग चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
समूह ‘ए’ मा बागमती, गण्डकी, आयोजक महिला रग्बी क्लब र मधेस प्रदेश छन्। समूह ‘बी’ मा भने हिमालयन टाइगर रग्बी क्लब, सलहेस युवा क्लब (कोसी), सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश छन्। समूह विभाजनको ‘ड्र’ पनि पत्रकार सम्मेलनकै क्रममा गरिएको थियो। अध्यक्ष थापाले दशौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप यो प्रतियोगिता आयोजना गरिएको बताइन्।
‘यो च्याम्पियनसिप युवा पुस्ताका खेलाडीलाई अनुभव दिलाउन र आगामी १०औं राष्ट्रिय खेलकुदका लागि टोली तयार गराउने उद्देश्यले आयोजना गरिएको हो,’ अध्यक्ष थापाले भनिन्। प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रूपैयाँ प्राप्त गर्नेछन्। २५ लाख रूपैयाँ प्रतियोगिताको लागत अनुमान गरिएको छ। बागमती प्रदेश खेलकुद विकास समितिले २० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको क्लबकी अध्यक्ष थापाले बताइन्।