खेलकुदको लहर गाउँ–गाउँसम्म पुर्याउँदै स्थानीय स्तरको आर्थिक विकास र संस्कृति संरक्षण प्रयास गर्न जिल्ला स्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता वर्षेपिच्छे सदरमुकामबाहिरका पालिकामा आयोजना गर्न थालिएको छ । यस पटकको १५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पनि माई नगरपालिकामा सुरु भएको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले केही बेरअघि प्रतियोगिता उद्घाटन गरेका छन् । तीन दिनसम्म चल्ने प्रतियोगिता उद्घाटन अवसरमा विभिन्न स्थानीय सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको छ । सितलीस्थित खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन सत्रमा जिल्लाका १० वटै पालिकाका प्रमुख÷प्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता छ ।
जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । समिति अध्यक्ष खगेन्द्र बास्तोलाले निकै चुनौतीपूर्ण भएपनि सदरमुकामबाहिर प्रतियोगिता आयोजना गर्दा स्थानीय आर्थिक, सांस्कृतिक विकासमा सहयोग पुग्ने बताए । ‘सदरमुकामभन्दा बाहिर प्रतियोगिता आयोजना गर्दा अलि बढी खर्चिलो र धेरै हिसाबले चुनौतीपूर्ण नै हुन्छ,’ उनले भने, ‘तर, सङ्घीयताको मर्मअनुसार हामीले यो प्रतियोगिता तीन वर्षदेखि लगातार सदरमुकामबाहिरै आयोजना गरिरहेका छौँ, सबै थोक सदरमुकाम केन्द्रित नगरौँ, गाउँको आर्थिक अवस्था पनि चलायमान गराऔँ भन्ने उद्देश्य हो ।’
गत वर्षको प्रतियोगिता पनि माङ्सेबुङ गाउँपालिकामा आयोजना गरिएको थियो । त्यसअघिको प्रतियोगिता फाकफोकथुममा भयो । फाकफोकथुममा प्रतियोगिता आयोजना गर्दा त्यसको व्यवस्थापन उत्कृष्ट भएवापत् खेलकुद विकास समिति प्रदेश सरकारबाट पुरस्कृतसमेत भएको थियो । ‘गाउँमा खेलमैदानसमेत व्यवस्थापन गर्न समस्या हुन्छ, खेलाडी, सहभागी, अतिथिलगायतलाई होटेल, यातायातसमेतको मेलो मिलाउन निकै गाह्रो हुन्छ,’ अध्यक्ष बास्तोलाले भने, ‘तर, सम्बन्धित पालिकाको सहयोग राम्रो रहँदा निकै सहज हुन्छ ।’
कतिपय गाउँमा न कुनै व्यवस्थित होटेल छन्, न पालिकाको केन्द्रसम्म पुग्ने राम्रा सडक नै । सदरमुकामबाट निकै टाढा र भौगोलिक हिसाबले दुर्गम गाउँहरूमा कुनै खेलाडी बिरामी वा घाइते भइहाले उपचारका लागि अस्पताल पु¥याउन पनि घण्टौँ लाग्ने अवस्था छ । तर, फाकफोकथुम, माङ्सेबुङजस्ता निकै टाढा र दुर्गमका पालिकामा भने प्रतियोगिता सम्पन्न भइसकेपछि आफूहरूमा उत्साह जागेको अध्यक्ष बास्तोलाले जनाए ।
प्रतियोगिता आयोजना गरिएको पालिकाले स्थानीय व्यवस्थापनमा केही बढी आर्थिक सहयोग गर्ने गरेको छ । यसपटक माई नगरले प्रतियोगितालाई १३ लाख रुपैयाँ विनियोजन गरेको छ । फाइनलको दिन यो पालिकाले आउँदो वर्षको प्रतियोगिता आयोजना गर्ने अर्को पालिकालाई झन्डा हस्तान्तरण गर्ने चलन छ ।
यस पटकको प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका आठ सय ९५ विद्यार्थी (खेलाडी)ले भाग लिँदै छन् । रेफ्री र अन्य प्राविधिक एक सय २० जना हुनेछन् । प्रतिनिधि शिक्षक र अन्यसमेत गरी एक हजार पाँच सयभन्दा धेरै जना माई नगरमा भेला हुने समितिले जनाएको छ । भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट विधाका विभिन्न खेल सञ्चालन हुनेछन् । ‘सबै खेलमा छात्र र छात्राका अलग–अलग प्रतिस्पर्धा हुनेछन्,’ समितिका कार्यालय सचिव नारायण भट्टराईले भने, ‘प्रतियोगितामा विद्यालयहरू सम्बन्धित पालिकाको प्रतिनिधित्व गरी सहभागी हुनेछन् ।’
मेयर खम्बसिंह लिम्बूले माई नगरमा जिल्ला स्तरको प्रतियोगिता हुनु नगरका लागि राम्रो अवसर भएको बताए । ‘यसबारे हाम्रो अनुभव थोरै छ तैपनि उत्कृष्ट व्यवस्थापन गर्न नगरका सबै जनप्रतिनिधि र कर्मचारी जुटेका छौँ,’ उनले भने, ‘पालिकामा यस्तो प्रतियोगिता हुँदा पर्यटन र आर्थिक विकासमा टेवा पुग्छ । यहाँ खेलकुद प्रतियोगिता मात्र हुँदैन, स्थानीय व्यवसायीलाई पनि आम्दानीको माध्यम बन्छ । समग्र माई नगरको पर्यटकीय क्षेत्रको प्रचारमा सहयोग पुग्छ ।’
माई नगरले प्रतियोगिताका लागि अन्तपालिका, स्वास्थ्योपचार, खेलमैदानलगायत विभिन्न उपसमितिसमेत गठन गरेको छ । उनले निर्माणाधीन माई अस्पतालको भवनमा खेलाडीलगायतलाई खानपान र बसोबासको व्यवस्था मिलाइएको छ ।