राष्ट्रिय टोलीमा दुई नयाँ अनुहार
०२ फागुन २०८१
•
२ मिनेट पाठ
राष्ट्रिय टोलीमा दुई नयाँ अनुहार
सुष्मा तामाङ र मनमाया दमाई
दुई नयाँ अनुहारसहित आसन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ।




मुख्य प्रशिक्षक राजेन्द्र तामाङले फागुन पाँच गतेदेखि सुरु हुने च्याम्पियनसिपका लागि सुष्मा तामाङ र मनमाया दमाईलाई पहिलोपल्ट समेट्दै २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन्। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा किर्गिस्तान, म्यानमार र लेबनानसँग खेल्दै छ। एएफसी एसियन कप र फिफा विश्वकपको तयारीस्वरूप नेपालले फिफा अन्तर्राष्ट्रिय विन्डोमा यस च्याम्पियनसिप खेल्न लागेको हो। करिब दुई साताको प्रशिक्षणपश्चात् प्रशिक्षक तामाङले टोली घोषणा गरेका हुन्। ३० सदस्यबाट अन्तिम २३ सदस्यीय टोली घोषणा भएको हो।  

गत कात्तिकमा सम्पन्न साफ महिला च्याम्पियनसिप खेलेका प्रायः खेलाडीलाई नै प्रशिक्षकले निरन्तरता दिएका छन्। उक्त टोलीबाट डिफेन्डरद्वय हीराकुमारी भुजेल तथा सजनी थोकर, मिडफिल्डर दीपा शाही र फरवार्ड अमीशा कार्की बाहिरिएका हुन्। प्रशिक्षक तामाङले एन्फा महिला लिग च्याम्पियन टोली एपिएफकी डिफेन्डर मनमायाले समेटेका हुन्।

मिडफिल्डर सुष्माले भने वालिङ नगरपालिकाबाट लिग खेलेकी थिइन्। प्रशिक्षक तामाङले हीरा र दीपा चोटबाट रिकभर नभएपछि नयाँ खेलाडीलाई टोलीमा समेटेका हुन्। यी दुवै साफ च्याम्पियनसिपको पहिलो खेलमा भुटानविरुद्ध खेल्दा घाइते भएका थिए।

हीराको एसिएल र एमसिएल र दीपाको एसिएल शल्यक्रिया गरिएको थियो। यी दुईलाई खेलमा फर्किन अभैm चार महिनाभन्दा बढी समय लाग्ने भएपछि बन्द प्रशिक्षणमा समेत बोलाइएको थिएन। नियमित फरवार्ड अमीशा कार्की भने सहायक  सेनानीको तालिमका लागि भक्तपुरको खरिपाटीमा छिन्। उनको स्थानमा चन्द्रा भण्डारीलाई पुनरागमन गराइएको छ। चन्द्राबाहेक मिडफिल्डर रेनुका हमाल (सरस्वती) ले पनि टोलीमा पुनरागमन गरिन्। दोस्रो चरणको बन्द प्रशिक्षणमा अटाएका गोलकिपरद्वय सावित्री किशन र सुजाता तामाङ स्थान बनाउन असफल भए।

१७ वर्षीया सावित्री एन्फा महिला लिगकी उत्कृष्ट गोलकिपर हुन्। उनले नियमित गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाको स्थान लिएकी थिइन्। तर, कप्तान अञ्जिलासँगै अञ्जना रानामगर र उषा नाथले नै निरन्तरता पाए। डिफेन्डरद्वय निशा थोकर र प्रतीक्षा चौधरीले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन्। यसपल्ट अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, समीक्षा घिमिरेले निरन्तरता पाएका छन्। मिडफिल्डर बिर्सना चौधरी र सम्झना लावती टोलीमा अटाउन सकेनन्।

राजेन्द्रले अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई र सरु लिम्बूलाई स्थान दिएका छन्। बन्द प्रशिक्षणमा रहेकी ममता पुनले भने अन्तिम टोलीमा स्थान बनाउन सकिनन्। चन्द्रासँगै सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, अनिता केसी र रेखा पौडेलले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन्। नेपालले सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यही दिन लेबनानले म्यानमारलाई चुनौती प्रस्तुत गर्नेछ।
अर्को समाचार
नेपाली फुटबल टोलीमा तीन नयाँ अनुहार
२५ कार्तिक २०८०
•
३ मिनेट पाठ
नेपाली फुटबल टोलीमा तीन नयाँ अनुहार
पोर्चुगलमा व्यावसायिक फुटबल खेल्दै आएका निसान हमाल ठकुरीसहित तीन नयाँ खेलाडीले नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका छन्।




नेपालले यसै महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्स (युएई) सँग फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण र एएफसी एसिया कप २०२७ को छनोट खेल्दै छ। त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार तीन नयाँ अनुहारसहित २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

मिडफिल्डर निसान हमाल ठकुरी, डिफेन्डर योगेश गुरुङ र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। निसानले पोर्चुगलमा त्यहाँको स्थानीय टोली नेपजुम क्लबबाट खेल्दै आएका थिए। बागलुङका निसानले सीधै ट्रायल दिए र राष्ट्रिय टोलीमा पनि स्थान बनाउन सफल रहे।
योगेशले थ्री स्टार र राजेशले एनआरटीबाट ‘ए’ डिभिजन फुटबल खेलेका थिए। नेपालले दोस्रो चरणको पहिलो खेलमा नै बलियो टोली युएईविरुद्ध खेल्दा महत्वपूर्ण डिफेन्डर अनन्त तामाङ हुने छैनन्। अभ्यासका क्रममा घुँडामा चोट लागेपछि उनले खेल गुमाउने भएका हुन्। यद्यपि, नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले उनलाई टोलीमा फर्काउन सक्ने सम्भावनाबारे चिकित्सकसँग थप जानकारी लिने बताए।

दोस्रो चरणको छनोटको समूह ‘एच’ मा नेपालसहित युएई, बहराइन र यमन छन्। नेपालले समूहको पहिलो खेलमा नै फिफा वरीयतामा ६९औं स्थानमा रहेको बलियो टोली युएईको सामना गर्न लागेको हो।

नेपालले युएईसँग एक मात्र खेल सन् १९८४ मा खेलेको थियो। उक्त मैत्रीपूर्ण खेलमा नेपाल ११–० को फराकिलो हार सामना गर्न बाध्य भएको थियो। यद्यपि, नेपालका प्रशिक्षक एनेसले युएईसँग खराब रेकर्ड भए पनि यस पटक राम्रो फुटबल खेल्ने प्रयास रहने विश्वास व्यक्त गरेका छन्।

नेपाली टोलीको तीन गोलकिपरमा किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, अभिषेक बराल छन्। डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा तथा मिडफिल्डरमा लाकेन लिम्बु, उत्सव राई, कृतीशरत्न छुन्जु, मनीष डाँगी र सेसेहाङ आङदेम्बे छन्।

त्यस्तै फरवार्डमा अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट छन्। नेपालले आगामी कात्तिक ३० गते घरेलु टोली युएईको सामना गर्नेछ। त्यसका लागि नेपाली टोली आइतबार युएई प्रस्थान गर्दै छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार एक कार्र्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले टिोलीको बिदाइ गरे। राखेप सदस्यसचिव घिसिङले टिम स्पर्धाका खेल फुटबल र क्रिकेटबाट नेपाली खेल समर्थक र सरकारले धेरै आशा गरेको उल्लेख गर्दै युएई बलियो टोली भए पनि सुखद नतिजा ल्याउनेमा आफू पूर्ण विश्वस्त रहेको बताए।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बलियो टोलीसँग प्रतिस्पर्धा गर्ने भए पनि राम्रो तयारी गरिरहेको बताए। उनले बलिया टोलीविरुद्ध आफ्नो उत्कृष्ट प्रदर्र्शन गर्ने पनि विश्वास व्यक्त गरेका छन्।

तयारी क्रममा उनले घरेलु टोलीसँग केही अभ्यास खेल पनि खेलेको बताए। अनुभवी फुटबलर अञ्जन विष्टले पर्याप्त एक्सपोजर नपाए पनि बलिया टोलीविरुद्ध राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। जित या टोलीको उत्कृष्ट प्रदर्शन गर्छौं भन्ने आशासहित युएई जाने लागेको अञ्जनको भनाइ छ। युएईसँगको खेललगत्तै नेपाल समूहको दोस्रो खेल खेल्न स्वदेश फर्किनेछ।

नेपालले मंसिर ५ मा घरेलु मैदानमा यमनसँग खेल्नेछ। यो समूहमा नेपाल, युएई, यमन र बहराइन छन्। पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेका हुन्। यता, युएई र बहराइनले भने फिफा वरीयताको आधारमा सीधै दोस्रो चरणमा स्थान बनाएका थिए। 
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस