आयोजक रिभेरा इन्टरनेसनल एकेडेमी र डाफोडिलले तेस्रो रिभेरा तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।
रिभेरा इन्टरनेसनल एकेडेमीद्वारा आयोजित एकदिने प्रतियोगितामा रिभेरा ग्योरोगी (फाइट) मा र डाफोडिल पुम्सेमा च्याम्पियन भएका हुन्। चाबाहिलस्थित मैजुबहालमा सम्पन्न प्रतियोगितामा रिभेराले पाँच स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जित्यो।
दोस्रो भएको डाफोडिलले पाँच स्वर्ण तथा समान एक रजत र कांस्य पदक प्राप्त गर्यो। इन्साइट भिजन तेस्रो स्थानमा रह्यो। इन्साइट भिजनले दुई स्वर्ण, एक रजत र तीन कांस्य पदक जितेको थियो। पुम्सेमा च्याम्पियन डाफोडिलले तीन स्वर्णसहित चार कांस्य पदक प्राप्त गर्यो। पुम्सेमा पनि रिभेरा दोस्रो स्थानमा रह्यो।
आयोजक रिभेराले एक स्वर्ण, दुई रजत र एक कांस्य पदक प्राप्त गर्यो। समान एक स्वर्ण र रजत तथा चार कांस्यका साथ श्रृष्टि तेस्रो भयो। प्रतियोगितामा पुरुषतर्फ इन्साइट भिजनका सजिद हुसैन र महिलामा हिमशिखरकी सुहाना श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। दुवैले समान तीन हजार रूपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे।
नेपाल एभरेष्ट स्कुलले अनुशासित टिमको उपाधि हात पार्यो। विजेतालाई काठमाडौं महानगरपालिका वडा–८ का अध्यक्ष आशामान संगत, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र रिभेराका प्रिन्सिपल प्रज्ज्वल कोइरालालगायतले पुरस्कृत गरेका थिए। एकदिने प्रतियोगितामा १८ टोलीका कुल दुई सय २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।