पाकिस्तान दूतावासले शनिबार दशौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी ट्वान्टी प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
पाकिस्तान दूतावासको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा आयोजकले ग्लोबल आइएमई क्रिकेट क्लबलाई ९१ रनले हराउँदै सुखद सुरुआत गरेको हो। पाकिस्तान दूतावासले २०२ रनको लक्ष्य दिएको थियो।
उक्त लक्ष्य पछ्याएको ग्लोबल आइएमई क्रिकेट क्लब १८.१ ओभरमा ११० रनमा अलआउट भयो। ग्लोबल आइएमईका उद्धव र बिचनले समान १७ रन जोडे। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। पाकिस्तानी टोलीको बलिङमा खालिदले चार र अशोकले तीन विकेट लिँदै नेपाली टोलीको इनिङ धराशयी बनाए।
त्यसअघि ब्याटिङ गरेको पाकिस्तानीका लागि सोराजले ४१ बलमा ८१ रन जोड्दै उत्कृष्ट इनिङ खेले। मलिकले २३ रन र खलिदले २२ रनको योगदान दिए। त्यसअघि प्रतियोगिताको उद्घाटनका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी बोर्ड सदस्य शूवर्ण श्रेष्ठ र नेपालका पाकिस्तानी राजदूत अब्रार हस्मीले खेलकुदको माध्यमबाट दुई देशबीचको सम्बन्ध सुधार गर्न सकिने बताएका थिए। ९ दिने प्रतियोगितामा कुल १२ क्लबले प्रतिस्पर्धा गर्दैछन्। विजेताले ट्रफी पाउने आयोजकले उल्लेख गरेको छ।