बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई
२६ माघ २०८१
•
४ मिनेट पाठ
बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई
साबिक विजेता न्युरोड टिम (एनआरटी) २५ औं संस्करणको बढासुब्बा गोल्डकपको उपाधि उचाल्दै। तस्बिर: नागरिक
साबिक विजेता न्युरोड टिम (एनआरटी) ले २५ औं संस्करणको बढासुब्बा गोल्डकपको उपाधि जितेको छ।




शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो।

योसँगै एनआरटीले १० औं संस्करण र २४ औं संस्करणमा पनि बुढासुब्बा गोल्डकप प्राप्त गरि सकेकाले ह्याट्रिक उपाधि जित्न सफल भएको छ। उपाधिसँगै एनआरटीले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता भएको चर्च ब्वाइजले नगद पाँच लाख पुरस्कार प्राप्त गर्‍यो।

प्रतिष्पर्धात्मक खेलमा अग्रता भने चर्च ब्वाइजले लिएको थियो। खेलको २४ औं मिनेटमा अनन्त तामाङले गोल गरेका थिए।

रोहन कार्कीको फ्रिकिकलाई सदुपयोग गर्दै कप्तान अनन्तले हेडमार्फत गोल गरे। उनले गोल गरेको तीन मिनेटलगतै एनआरटीका तर्फबाट २७ औं मिनेटमा रोबर्टले प्रहार गरेको कर्नरमा चर्च ब्वाइजका गोल किपर क्रिसल मोक्तानले पञ्च गर्न नसक्दा डिबक्स भित्र रुमल्लिएको बललाई हेनरी पोकोले जाली चुमाए।

उनै हेनरीले नै एनआरटीका लागि दोस्रो गोल गरे। खेलको ५८ औं मिनेटमा चर्च ब्वाइजका डिफेन्स डिका सेर्गेबाट बल खोस्दै उनले उत्कृष्ट गोल गरे। खेलको म्यान अफ दि म्याच एनआरटीका हेनरी पोको नै घोषित भए। उनलाई नगद १० हजार पुरस्कार प्रदान गरियो। 

दोस्रो सेमिफाइनल खेलमा एनआरटीले पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) भारतलाई पराजित गर्दै उपाधि नजिक पुगेको थियो। अन्तिम क्वाटरफाइनल खेलमा भने काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई पराजित गर्दै एनआरटी  सेमिफाइनलमा प्रवेश गरेको थियो।

चर्च ब्वाइजले पहिलो सेमिफाइनल खेलमा भुटानको रोयल थिम्पु कलेज (आरटिसी) लाई पराजित गरि फाइनल यात्रा तय गरेको थियो। पहिलो चरणको खेलमा भने चर्च ब्वाइजले विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको थियो।

बुढासुब्बा गोल्डकपमा चर्च ब्वाइज भने पहिलो पटक फाइनलमा पुगेको थियो। यो सिजनमा एनआरटी र चर्च ब्वाइज चारवटा प्रतियोगितामा आमने सामने हुँदा तीन प्रतियोगिताको फाइनलमा यी दुई टोलीले उपाधिका लागि खेलेका छन्।

बुढासुब्बा गोल्डकप र इलाम गोल्डकपको उपाधि भिडन्तमा एनआरटीले चर्च ब्वाइज पराजित गर्‍यो भने चर्च ब्वाइजले झापा कपको उपाधि भिडन्तमा एनआरटीलाई पराजित गरेको थियो।

बुढासुब्बा गोल्डकपमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए। उनलाई नगद एकलाख पुरस्कार प्रदान गरियो।

हाइ स्कोर चर्च ब्वाइजका खेलाडी द्वय समीर तामाङ र अर्माण्ड भिदोङ् घोषित भए। उनीहरुले समान ३ गोल गरेका थिए। दुवैलाई नगद ३५ हजार पुरस्कार प्रदान गरियो।

त्यस्तै, गरी प्रतियोगिताको बेष्ट गोल किपर एनआरटीका प्रमिजय गच्छदार, बेष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, बेष्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, बेष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेष्ट मिड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए। उनीहरुलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको थियो। 

प्रतियोगिताको २५ औं संस्करण पुरा भएको अवसरमा आयोजक धरान फुटबल क्लबबाट पहिलो संस्करण खेलेका खेलाडीहरूलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरियो।

प्रतियोगिता समापनका क्रममा पत्रकारका तर्फबाट हर्ष सुब्बा र आयोजक धरान फुटबल क्लबका संस्थापक अध्यक्ष भएर खेलकुदको क्षेत्रमा विभिन्न संस्थामा नेतृत्व गरि सकेका किशोर राईलाई नगदसहित सम्मान गरियो।

पत्रकार सुब्बालाई २०५५ सालदेखि बुढासुब्बा गोल्डकप सुरु भएदेखि अहिलेसम्म निरन्तर समाचारमार्फत योगदान गरेकोमा ११ हजार नगदसहित सम्मान गरियो। क्लब स्थापनाकालदेखि लामो समयसम्म अध्यक्ष रहेका किशोर राईलाई भने खेलकुद क्षेत्रमा पुर्‍याएको योगदान स्वरुप ५१ हजार नगदसहित लाइफ टाइम अवार्ड प्रदान गरियो। राई २०५५ सालदेखि २०८० सालसम्म धरान फुटबल क्लबको अध्यक्ष रहेका रहेका थिए। 

प्रतियोगितामा राष्ट्रिय, विभागीय टिमसँगै अन्तर्राष्ट्रिय टिम गरी ८ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा विजयी खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार प्रदान गरे।

सो क्रममा उनले धरान फुटबलका लागि पूर्वको उर्वरभूमि रहेको र प्रदेशको खेलकुदको विकास गर्न प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए। उनले बुढासुब्बा गोल्डकप २५ औं संस्करणसम्म आइ पुग्नु कोशी प्रदेशमात्र नभएर देशकै गौरवको कुरा भएको बताए।
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
९ मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस