१५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता फागुन ३ गतेदेखि हुने भएको छ।
शनिबार पत्रकार सम्मेलन गरी आयोजक राष्ट्रिय जागृति क्लबले प्रतियोगिता आगामी फागुन ३ देखि १० गतेसम्म हुने जानकारी दिइयो। अघिल्लो १४ संस्करणको इटहरी गोल्डकप रात्रिकालीन समयमा भएता पनि यसपटक भने फागुन महिनामा रातिको समयमा चिसो नै हुने भएकाले दिउँसोकै समयमा गरिने निर्णय भएको पत्रकार सम्मेलनमा खेलकुद आयोजक समितिका संयोजक अनुरोध थापाले बताए। गोल्डकपमा विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिने छ।
इटहरीमा १० औं संस्करणसम्म स्वर्गीय दानबहादुर फुयँल गोल्डकप हुँदै आएको थियो। त्यसपछि इटहरी गोल्डकप र दुइवटा संस्करण मदन भण्डारी मेमोरियल गोल्डकप भएकोमा अघिल्लो संस्करणदेखि भने फेरि इटहरी गोल्डकपलाई निरन्तरता दिन थालिएको आयोजक संस्थाका कोविदजंग कार्कीले बताए।
आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष शन्त डुम्जनका अनुसार प्रतियोगितामा एक विदेशी पाहुना टिमसहित नेपालका सात गरी आठवटा टिमको सहभागिता रहनेछ। जसमा भारतको पाहुना टिम यूकेएफसीसहित मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, चर्च ब्वाइज यूनाइटेड काठमाडौँ, झापा एघार फुटबल क्लब, आयोजक राष्ट्रिय जागृति, एनआरटी क्लब काठमाडौँ, सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लबको सहभागिता रहनेछ।
खेलमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई दस हजार प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। यस्तै, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ भने राइजिङ् प्लेयरलाई एक थान एलइडि टिभी प्रदान गरिनेछ।
इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिका, कोशी प्रदेश खेलकुद विकास बोर्ड, राष्ट्रिय खेलकुद परिषद, स्थानीय दाता, प्रवेश शुल्क, प्रायोजक र सहप्रायोजकबाट पैसा प्राप्त हुने जानकारी दिइयो।
अघिल्लो संस्करणमा ५३ लाख ३८ हजार सहयोग प्राप्त भएकोमा ५४ लाख ७० हजार खर्च भएको थियो। जसले गर्दा एक लाख ३२ हजार रुपैयाँ घाटा भएको थियो। प्रतियोगिताको १३ औं संस्करणमा तीन लाख ५० हजार नाफा भएको थियो।