चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं २५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
धरान वडा नं. १६ स्थित धरान रंगशालामा बुधबार भएको खेलमा भुटानको रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड पहिलोपटक बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
चर्च ब्वाइजको जितमा समिर तामाङ र अर्माण्ड भिदोङले ह्याट्रिक गरे । समिर तामाङले खेलको २१औं, ५६औं र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै अर्माण्ड भिदोङले २७औं, ५०औं र ५२औं मिनेटमा गोल गरे । चर्च ब्वाइजका लागि थप गोल पदम भट्टराईले २९ औं मिनेटमा गरेका थिए ।
चर्च ब्वाइजले सुरुवातदेखि नै आरटिसीलाई दबाबमा राखेको थियो । आरटिसीले सुरुवातमा नै अग्रता बनाउने सुनौलो अवसरमा गोल गर्न सकेन । खेलको १९औं मिनेटमा आरटिसीका नियन्दा योसेल वान भर्सेस वानमा गोल गर्न चुके । उनले गोल किपरलाई बिट गर्न खोज्दा असफल भए । त्यस पश्चात आरटिसीले खेलमा त्यति राम्रो अवसर सिर्जना गर्न सकेन ।
आरटिसीले पहिलो खेलमा इटहरीको राष्ट्रिय जागृति क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
चर्च ब्वाइजले पहिलो चरणको खेलमा विभागीय टिम नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
म्यान अफ दि म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरियो ।
विहीबार हुने दोस्रो सेमिफाइनलमा एनआरटी क्लब काठमाडौ र युकेएफसी भारतबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।