पूर्वाञ्चल कलेज इटहरीले हिसान एन्फा सुनसरी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी वडा नं. ३ को बुढासुब्बा खेलमैदानमा शुक्रबार भएको फाइनल खेलमा सुष्मा कलेजलाई हराएर पूर्वाञ्चल कलेजले उपाधि हात पारेको हो । जितसँगै पूर्वाञ्चल कलेजले ३० हजार नगद र शिल्ड प्राप्त गरेको छ ।
फाइनल खेलमा पूर्वाञ्चलले सुष्मालाई १–० गोलको हराएको हो । खेलमा सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपविजेता टिम सुष्मा कलेजले १५ हजार नगदसहित शिल्ड प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ दि म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद एक हजार रुपैयाँ पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता पूर्वाञ्चलका सिजल राई घोषित भए । उनले सर्वोत्कृष्ट भए बापत नगद पाँच हजार र उच्च गोलकर्ताको तीन हजार सहित कुल हजार पुरस्कार पाए । पूर्वाञ्चलकै सुमित राई बेस्ट गोलकिपर, सक्षम प्रधान बेस्ट मिडफिल्डर र सजिवन राई बेस्ट प्रशिक्षक घोषित भए । सुस्मा कलेजका देवराज श्रेष्ठ बेस्ट फरवार्ड र युसन राई बेस्ट डिफेन्स घोषित भए । उनीहरुले जनही नगद २–२ हजार रुपैयाँ पाए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि हिसान केन्द्रिय सल्लाहकार लेखनाथ घिमिरे, सुनसरी अध्यक्ष सागर भटराईलगायतले पुरस्कार वितरण गरे । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी र उच्च माध्यमिक शिक्षालय संघ हिसान सुनसरीको संयुक्त आयोजनामा माघ १२ गतेदेखि भएको प्रतियोगितामा सुनसरीका २३ वटा उच्च शिक्षालयको सहभागिता रहेको सुनसरी जिल्ला फुटबल संघका महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।
यसैबिच, क्रिकेट प्रतियोगिताको उपाधि विश्व आदर्श कलेजले जितेको छ । विश्व आदर्शले स्मलहेभन कलेजलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको स्मल हेभनले निर्धारित १२ ओभरको खेलमा ५ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । प्रतिउत्तरमा ८६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको विश्व आदर्शले १० दशमलव २ बलमा ५ विकेट गुमाउँदै जित हात पारेको हो । माघ १३ गतेदेखि भएको क्रिकेट प्रतियोगितामा सुनसरीका ११ वटा कलेजहरूको सहभागिता रहेको थियो ।