नेरिक एकेडेमी बुधबार १०औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा नेरिकले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) १७–१० ले पराजित गर्यो। नेरिकका लागि सविन खत्रीले १४ अंक जोडे। जुनियर ब्वाइजका अन्य प्रतिस्पर्धामा सनसाइनले इनोभेटिभलाई २१–१३ तथा केयर इङ्लिसले काठमाडौं जेभियर्सलाई २४–१४ ले हराए।
सनसाइनका आयुश बोहराले ८ तथा केयरका उत्सव सिग्देलले १४ स्कोर गरे। सिनियर ब्वाइजमा मातृभूमिले काठमाडौं जेभियर्सलाई ४१–२५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।
मातृभूमिका नविनतम खड्काले १७ अंक जोडे। केएमसीले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) लाई ४७–४२ ले पन्छायो। केएमसीका स्वीकारले २८ अंक जोडे। सिनियर गल्र्समा मातृभूमिले नेपाल मेगालाई १५–८ तथा केएमसीले एआइएलाई २८–१५ ले पराजित गरे। मातृभूमिकी साइजा श्रेष्ठले ९ तथा केएमसीकी आकृशाले १६ स्कोर गरे।