हिसान स्पोर्टस मिट अन्तर्गत सोमबार भएको हिसान एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा चारवटा टोली विजयी भएका छन्। खेलमा ज्ञानदर्पण एकेडेमी इटहरी, विश्वआदर्श, कोशी सेन्ट जेम्स र इम्पेरियल कलेज विजयी भएका हुन्।
खेलमा ज्ञानदर्पण एकेडेमीले सियोन स्कुल धरानलाई पराजित गरियो। ज्ञान दर्पणले सियोनलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले हराएको हो। यस्तै, दोस्रो खेलमा विश्व आदर्श कलेजले लर्डबुद्ध इन्टरनेशनल स्कुललाई हरायो। विश्व आदर्शले लर्ड बुद्दलाई ५–० गोल अन्तरले पराजित गर्यो।
यस्तै, कोशी सेन्ट जेम्सले नास्ट कलेज धरानलाई हराएर विजयी भयो। कोशी सेन्ट जेम्सले नास्ट कलेज धरानलाई ४–० गोलको अन्तरले हरायो। अन्तिम खेलमा इम्पेरियल कलेजले प्रिमियर कलेजलाई सडेन डेथमा पराजित गरेको हो।
यसैगरी, क्रिकेट प्रतियोगितामा कस्तूरी र पूर्वाञ्चल कलेजले विजयी सुरुवात गरेका छन्। सोमबार हुने भनिएको उद्घाटन खेलमा पिसजोन मावि नआएपछि कस्तुरी कलेज वाओभर पाएर विजयी बनेको हो।
दोस्रो खेलमा पूर्वाञ्चल कलेजले प्रिमियर कलेजलाई १९ रनले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ। मंगलबार हुने पहिलो खेलमा सुष्मा गोदावरी कलेज र सिबी कलेजबिच प्रतिष्पर्धा हुनेछ।
दोस्रो खेलमा इटहरी नमुना कलेज र कोशीसेन्टजेम्स कलेजबिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ। माघ १८ गतेसम्म चल्ने क्रिकेट प्रतियोगितामा सुनसरीभरीका १२ वटा उच्च शिक्षालयको सहभागिता रहेको छ।
स्पोर्टस मिट अन्तर्गत नै छात्रतर्फको पहिलो भलिवल खेलमा पूर्वाञ्चल कलेजले कोशी सेन्ट जेम्स कलेजलाई पराजित गरेको छ। दोस्रो खेलमा विश्व आदर्श कलेजले पिसजोन माविलाई पराजित गरेको छ। तेस्रो खेलमा नास्ट कलेज नआएपछि लर्डबुद्ध इन्टरनेशनल कलेज वाकओभर पाएर बिजयी भएको छ।
यस्तै, चौथो खेलमा बेबिलोन स्कुलले ग्रीनपिस स्कुललाई पराजित गरेपनि प्रोटेस्ट परेकाले छानबिन भइरहेको जनाइएको छ। पाँचौ खेलमा सुष्मा कलेजले इम्पेरियल कलेजलाई पराजित गरेको छ।
अन्तिम खेलमा ज्ञानदर्पण एकेडेमीले प्रिमियर कलेजलाई पराजित गरेको छ। छात्रातर्फ पनि सोमबार चार खेल सम्पन्न भएका छन। पहिलो खेलमा पूर्वाञ्चल कलेजले कस्तुरी कलेजलाई पराजित गर्दा दोस्रो खेलमा लर्डबुद्ध कलेज नआएपछि प्रिमियर कलेज वाकओभर पाएर बिजयी बनेको छ।
तेस्रो खेलमा बिश्वआदर्श कलेजले सुष्मा कलेजलाई पराजित गरेको छ। अन्तिम खेलमा धरान आदर्शले ग्रिनपिस कलेजलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।