न्युजिल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टी२० क्रिकेट शृंखला एक खेलअगावै जितेको छ ।
दोस्रो खेलमा सोमबार श्रीलंकामाथि ४५ रनको जित निकाल्दै किविज टोलीले एक खेलअगावै शृंखला कब्जा गरेको हो । पहिलो खेलमा न्युजिल्यान्ड ८ रनले विजयी भएको थियो ।
१८७ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली श्रीलंका १९.१ ओभरमा १४१ रनमा अलआउट भयो । कुशल परेराले ४८ र पथुम निसन्काले ३७ रन बनाएपनि शृंखला भने बचाउन सकेनन् । तीन जना डक आउट भएको श्रीलंकन इनिङ्समा अन्य चार जनाले दोहोरो अंकको स्कोर गर्न सकेनन् । १२७ रन जोड्दा ४ विकेट गुमाएको श्रीलंका थप १४ रन जोड्दै अलआउट हुन पुग्यो ।
श्रीलंकालाई सस्तैमा अलआउट गर्न जाकोब डुफीले ४ विकेट लिए । आफ्नो स्पेलमा उनले मात्र १५ रन खर्चे । माट हेन्री र मिचेल सान्टरको नाममा समान २ विकेट रह्यो ।
यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो । विकेटकिपर मिचेल हेइले १९ बलमा नटआउट ४१ रन प्रहार गरेको न्युजिल्यान्डको इनिङ्समा मार्क चापम्यानले ४२ र टिम रोबिन्सनले ४१ रन बनाएका थिए ।
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ। क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। २ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...