नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता जनकपुर बोल्ट्सले सोमबार सिरहा र सप्तरीमा विजय उत्सव मनाएको छ।
बोल्ट्सले सिरहा बजारमा परिक्रमा गरी विजय उत्सव मनाएको हो। बोल्ट्सका खेलाडीहरूको स्वागत सिराहाको प्रवेशद्वार बन्दीपुरमा गरिएको थियो । त्यहाँबाट सिरहा नगरपालिका प्रवेश गर्दा द्वारमै हजारौँ समर्थकले स्वागत गरेका थिए। बोल्ट्सका खेलाडीहरू सहभागी रहेको रयाली नगर परिक्रमा गर्दा हजारौँ समर्थकहरू थिए ।
त्यसपछि खेलाडीहरू हुलाकी सडक हुँदै सप्तरीको राजविराज पुगेको थियो। गणेशपुर चोकमा दीपेन्द्र यादवको अगुवाइमा खेल प्रेमीहरूले बोल्ट्सका खेलाडीलाई स्वागत गरेका थिए । त्यसपछि राजविराजमा खेलाडीहरूलाई भव्य स्वागत गरिएको छ ।
यसअघि शुक्रबार जनकपुर बोल्ट्सका खेलाडीहरुलाई गृहनगरमा भव्य स्वागत गरिएको थियो । फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपीएलको ऐतिहासिक उपाधि जितेको थियो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरमा भव्य स्वागत गरिएको छ। शुक्रबार रजौलस्थित राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाले खेलाडीहरुलाई समान गरेको हो।
राम जानकी रङ्गशालाबाट खेलाडीहरु ट्रफी लिएर नगर परिक्रमा गरिरहेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पनि खेलाडीहरु चढेको गाडीमा सहभागी भएका थिए।
खेलाडीहरूसँगै हजारौँ समर्थक नगर परिक्रमामा सहभागी भएका छन्। उनीहरूलाई चोक(चोकमा भव्य स्वागत गरिएको छ।
बिहीबार साँझ जनकपुर आइपुगेका खेलाडीहरु आज नगर परिक्रमा गरेर जानकी मन्दिरमा पुग्ने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु) ले जानकारी दिए।
एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...