नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्ग्सले दोस्रो हार ब्यहोरेको छ। सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो।
सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर बलिङ रोजेको विराटनगरले १८३ रनको लक्ष्य पाएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जवाफी मैदानमा उत्रिएको विराटनगरले ९२ रन मात्रै बनाउन सक्यो।
विराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रन बनाए । राजेश पुलामी मगरले १५ र अनिल खरेलले नटआउट १० रन बनाउँदा विराटनगरका ८ जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । न्युजिल्यान्डका भरपर्दा ब्याटर मार्टिन गप्टिल स्कट कुग्गेल्निको बलमा गोल्डेन डक आउट भए ।
सुदूरका लागि कुग्गेल्नि र अभिनाष बोहोराले समान ३ तथा ब्रेन्डोन म्याकमुलेन, सैफ जइब र इशान पाण्डेले समान एकएक विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक ब्याटिङमा निर्धारित ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाएको थियो । ऐरीले २४ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा नटआउट ५७ रन बनाए । ब्रेन्डोन म्याकमुलेनले ३६, बिनोद भण्डारीले २३ र इशान पाण्डेले २१ रनको योगदान गरे ।
अनिल खरेलले ३ विकेट चट्काए ।
यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो। सुदूरपश्चिमको भने यो पहिलो खेल हो ।
आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच भिड्नेछन्। यो चितवन राइनोजको दोस्रो र पोखरा एभेन्जर्सको पहिलो खेल हो। सोमबार पहिलो खेल खेलेको चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो।