जनकपुरको दोस्रो जितमा अनिल नायक
१८ मंसिर २०८१
•
४ मिनेट पाठ
जनकपुरको दोस्रो जितमा अनिल नायक
कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्दै जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह। तस्बिर: प्रदीपराज वन्त/रासस
दुई विदेशी अम्पायर रहेको खेलमा जनकपुर बोल्ट्सले नतिजा आफ्नो बनाउँदै नेपाल प्रिमियर लिग (एनपिएल) मा सोमबार दोस्रो जित निकालेको छ।




नेपालको फ्रेन्चाइज लिगमा सोमबार दोस्रोपल्ट विदेशीले निर्णायक भूमिका निर्वाह गरेका थिए। जुन खेलमा जनकपुर बोल्ट्सले शिखर धवनजस्ता स्टार खेलाडीको साथ पाएको कर्णाली याक्समाथि आठ विकेटको जित निकाल्यो।

सोमबार भएको जनकपुर र कर्णालीबीचको खेलमा पाकिस्तानका रसिद रियाज र अफगानिस्तानका बिसमिल्लाह जान सिनवारीले अम्पायरिङ गरेका थिए। कुनै पनि विदेशी निर्णायक दोस्रोपल्ट नेपालका फ्रेन्चाइज लिगमा ल्याइएको हो। यसअघि पोखरा प्रिमियर लिग (पिपिएल) ले विदेशी अम्पायरलाई भित्र्याएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) ले नै यसपल्ट आयोजना गरेको एनपिएलमा दुई विदेशी निर्णायकलाई भित्र्याएको हो। सोमबार पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर र कर्णाली याक्सबीच भएको थियो।

यी दुवै खेलमा ब्याटरका लागि पिच सहज थिएन। तर, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले सुखद सुरुआत गर्दा काठमाडौंमाथि पाँच विकेटको जित निकाल्यो। एनपिएलमा भित्रिएका चर्चित क्रिकेटरमध्ये सोहेल तनभिरले डेब्यु यादगार बनाए। उनकै पाँच विकेट प्रेरणामा चितवनले जित दर्ता गरेको हो।

भारतीय ब्याटर शिखर धवनको डेब्यु भने सुखद रहेन। शिखरको खराब प्रदर्शनसँगै कर्णालीले पनि जनकपुर बोल्ट्सविरुद्धको खेल सहजै गुमायो। एनपिएलमा घरेलु ब्याटरहरूको प्रदर्शन सन्तोषजनक हुन नसकेको भन्दै प्रश्न उठिरहेका थिए। तर, जनकपुरका कप्तान अनिल साह र आसिफ सेखले सोमबार आफूलाई प्रमाणित गरे।

ओपनरद्वय अनिल र आसिफको ८४ रनको शतकीय साझेदारीमा नै जनकपुरले जितको बलियो आधार बनाएको हो। साथै जनकपुरले दोस्रो खेलमा पनि ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्‍यो।

कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले मात्र १५.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्‍यो। आसिफ र अनिलले सुरुदेखि आक्रामक ब्याटिङ गर्दै कर्णालीका बलरमाथि दबाब बनाए। कर्णालीले दशौं ओभरमा पहिलो विकेट लिएको हो।

मौसम ढकालले आसिफलाई ३६ रनमा बाउन्ड्री लाइनमा क्याच गराउँदै पहिलो सफलता दिलाए। तर, त्यसपछि आएका लाहिरू मिलन्थाले पनि आक्रामक ब्याटिङ गरे। मिलान्था २४ रनमा आउट भए। त्यसपछि कप्तान अनिल ६२ रन र जिमी निसम १६ रनमा अविजित रहँदै २९ बलअगावै जित दिलाए। अनिलले ४२ बलमा ६ चौका र तीन छक्का हिर्काए।

निसमको इनिङमा दुई चौका र एक छक्का रह्यो। कर्णालीका बलर निकै महँगा साबित भए। कप्तान सोमपाल कामी तीन ओभर बलिङ गर्दा विकेटविहीन रहे। जिसानले चार ओभरमा एक विकेट लिए। जिसान र सोमपालले ३३ रन खर्चिए।

स्पिनर मौसम ढकालले २.५ ओभरमा एक विकेट लिँदा २५ रन खर्चिए। शीर्ष क्रमका ब्याटर सस्तैमा आउट हुँदा टस जितेर ब्याटिङ गर्ने कर्णालीका कप्तान सोमपालको निर्णय सही साबित भएन। तर, अन्तिम दुई ओभरमा ४२ रन जोडेपछि कर्णालीले २० ओभरमा सात विकेट गुमाउँदै १४१ रनको योगफल बनायो। अर्जुन घर्ती र कप्तान सोमपालले आक्रामक ब्याटिङ गर्दै सम्मानजनक योगफलमा पु¥याएका हुन्।

सोमपाल २९ रनमा नटआउट रहे। अर्जुन ३३ रनमा रनआउट भए। सोमपालले १३ बलमा तीन चौका र एक छक्का प्रहार गरे। अर्जुनको इनिङमा समान दुई चौका र छक्का रह्यो। जनकपुरले सुरुदेखि नै कसिलो बलिङ गर्‍यो। पावर प्लेमा ओपनरद्वय देव खनाल १ रन र शिखर धवन १४ रनमा आउट भएपछि कर्णालीको सुखद सुरुआत हुन सकेन।

अन्तिम दुई ओभरबाहेक इनिङभर नै कर्णालीका ब्याटरले खुलेर नै खेल्न सकेनन्। कर्णालीका विदेशी खेलाडी तथा शीर्ष क्रमका ब्याटर शिखर १४, विकेटकिपर चाढविक वाल्टन ८, बाबर हायात १२ रन र जिसान शून्यमा पेभिलियन फर्किए।

त्यसपछि कर्णाली १३.२ ओभरमा ६८/५ को नाजुक अवस्थामा पुग्यो। तर, मध्यक्रमका ब्याटर गुलसन झाले इनिङ अगाडि बढाए। १६औं ओभरमा उनी ३६ रनमा आउट भएपछि फेरि कर्णाली दबाबमा पर्‍यो। तीव्र गतिका बलर किशोर महतोले उनलाई बोल्ड गरे।

अन्तिम दुई ओभर बाँकी छँदा कर्णाली ९८/६ को स्थितिमा थियो। तर, अर्जुन र सोमपालले ब्याटिङ गर्दै इनिङ उकासे पनि त्यो पर्याप्त भएन। जनकपुरका मोहम्मद मोहसिनले दुई विकेट तथा जिमी, हर्ष ठाकर, ललित राजवंशी र किशोरले समान एक विकेट लिए।

त्यसअघि पाकिस्तानी बलर तनभिरको पाँच विकेट प्रेरणामा चितवनले पनि पहिलो खेलमा जित निकाल्यो। टियु क्रिकेट मैदानमा चितवनले काठमाडौं गुर्खाजमाथि पाँच विकेटको जित निकाल्दै एनपिएलमा सुखद सुरुआत गरेको हो।

काठमाडौंले ११२ रनको सामान्य लक्ष्य दिएको थियो। जुन चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो। एक समय ८.५ मा ६८/५ को अवस्थामा हुँदा चितवन पनि दबाबमा थियो। तर, अनुभवी ब्याटर शरद भेषावकर र युवा ब्याटर सन्तोष कार्कीले समालिएर खेल्दै १७ बलअगाबै जित सुरक्षित गराए।  
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
१ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस