श्रीलङ्का क्रिकेटको प्रमुख प्रशिक्षकमा सनथ जयसूर्या नियुक्त भएका छन्। टी–२० विश्वकप पछि श्रीलङ्काको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका क्रिस सिल्भरवुडको स्थानमा जयसूर्यालाई जिम्मेवारी दिइएको हो।
पचपन्न वर्षीय जयसूर्या गत जुनदेखि अन्तरिम प्रशिक्षकको रूपमा कार्यरत थिए भने अब उनी सन् २०२६ मार्चसम्मका लागि पूर्णकालीन प्रशिक्षकका रूपमा नियुक्त भएका हुन्।
जयसूर्याको नेतृत्वमा श्रीलङ्काले २७ वर्षमा पहिलो पटक भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलासमेत जितेको थियो।
जयसूर्याले खेलको तीन ढाँचामा श्रीलङ्काका लागि पाँच सय ८६ पटक प्रतिनिधित्व गर्दै ४२ शतक र चार सय ४० विकेट लिएका छन्। सन् २०११ मा उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए।