‘मुभ अन’ लक्ष्यमा सुदूरपश्चिम
०१ असोज २०८१
•
३ मिनेट पाठ
‘मुभ अन’ लक्ष्यमा सुदूरपश्चिम
प्रायः प्रशिक्षक आफ्नो टोलीले हार्दा टाउको समाउँछन्, निराशा व्यक्त गर्दै खेलाडीसँग असन्तुष्टी पोख्छन्। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी महिला लिगमा यस्तो एक टोली छ, जसका प्रशिक्षक गोल खाँदा पनि ताली पिट्छन्, खेलाडीलाई उल्टै ‘टचलाइन’ मा उभिएर हौसला दिन्छन्। लाग्छ, केही नै भएको छैन। गोल खाँदा पनि टोलीलाई उल्टै आत्मसन्तुष्टि मिलेको छ। त्यो अचम्मको टोली हो, सुदूरपश्चिम प्रदेश। लिगको पाँचौं खेल सकिँदा सुदूरपश्चिम मात्रै यस्तो टोली हो, जसले जित मात्रै होइन बराबरीको नतिजा पनि निकाल्न सकेको छैन। सोमबारको पाँचौं खेलमा पनि यसअघि सामना भएका फराकिलो हारले निरन्तरता पायो। वालिङ नगरपालिकासँग पाँच मिनेटमा तीन गोल खाँदै टोली ५–१ पराजित भयो।




तर, मुख्य प्रशिक्षक दीपेश योञ्जन लामा यो नतिजाले खुसी नै देखिए। खुसी नै किन त ? उनी भन्छन्, ‘हाम्रो कस्तो टोली हो सबैलाई थाहा छ। यो टोलीले दिनहुँ सुधारिएको खेल प्रदर्शन गरिरहेको छ। त्यसैले यो नतिजाले खुसी नै बनाइरहेको छ।’ गत वैशाखमा सुर्खेतमा भएको महिला लिग छनोटसम्म यो टोलीको प्रदर्शन राम्रो नै थियो। सात प्रदेश सम्मेलित छनोटमा सुदूरपश्चिम एक हार र पाँच जित हात पार्दै उपविजेता बनेको थियो। त्यही नतिजाले सुदूरपश्चिमले काठमाडौंसम्म आइपुग्ने ढोका खोलेको हो। लिगअगाडि यो टोलीमाथि अपेक्षा ठूला थिए।

तर, संघ र खेलाडीबीच लामालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएपछि विवाद हुँदा अपेक्षाअनुरूप हुन सकेन। त्यसैले छनोट खेलेका खेलाडीबिना नै सुदूरपश्चिम लिगमा कमजोर देखिएको हो। अंकतालिकाको पुछारमा रहेको सुदूरले ३७ गोल खाँदा तीन गोल मात्रै फर्काएको छ। दुई गोल तुलसा बोहरा र ऋतिका कार्कीले फर्काएकी हुन् भने एक त उपहारमै पाएको हो। सम्भवतः लिगमा सबैभन्दा धेरै गोल बेहोर्दै सुदूरपश्चिम फर्किनेछ। किनभने टोलीले अझै चार खेल खेल्न बाँकी छ। त्योमध्ये एक त विभागीय टोली एपिएफसँग नै छ। यस्तोमा अबको नतिजा के त ?

‘म नयाँ प्रशिक्षक हो। त्यसैले न मैले उनीहरूको खेल हेरेको थिएँ, न त उनीहरूको पोजिसन थाहा थियो। तीन गेम त यही बुझ्न लाग्यो। अहिले बल्ल सबैको पोजिसन बुझिरहेको छु। त्यसैले नतिजाभन्दा ‘मुभ अन’ हुन खोजिरहेको छु,’ उनले भने। अघिल्लो खेलमा चन्द्रपुर नगरपालिकासँग १४ मिनेटमै दुई गोल खाएको टोलीले सोमबार भने चार विदेशी खेलाडी उतारेको वालिङलाई १८ मिनेटसम्म बराबरीमा रोकेको थियो। लिगमा सुदूरपश्चिमले यति लामो समय विपक्षीलाई रोकेको पनि पहिलोपल्ट नै हो। तर, टोलीको बानी के छ भने एक गोल बेहोरेपछि छिटै ‘डाउन’ भइदिन्छ।

त्यही कारण उसले सोमबार पाँच मिनेटको अन्तरमा तीन गोल खाँदै फराकिलो हार बेहोर्न परेको हो। तर, दोस्रो हाफमा सन्तुलित खेल पस्किँदै एक गोल खाँदा एक फर्काएको पनि थियो। वालिङका मुख्य प्रशिक्षक दिलीप थापालाई भने सुदूरपश्चिमले दोस्रो हाफमा बलियो खेल पस्केला भन्ने आशै थिएन। त्यसैले उनी सकेसम्म पाँच गोलभन्दा बढी नै गर्ने रणनीतिसहित मैदान उत्रिएका थिए। शीर्ष पाँचमा रहने लक्ष्य बुनेको वालिङ दोस्रो स्थानमा रहेको पुलिसभन्दा दुई र तेस्रो तथा चौथो स्थानमा रहेका आर्मी र कोसीभन्दा एक अंकले पछि छ। तर, गोलअन्तरमा भने यी टोलीसँग धेरै अन्तरले पछि छ।

एपिएफसँगको खेलमा दुई विदेशी खेलाडी मिडफिल्डर सिसी एनटोङ्गो र भायोला नामुद्दुले पहेंलो कार्ड बेहोरेकी थिइन्। सोमबार लामो प्रहार गर्नसक्ने मिडफिल्डर अन्जली मचामसीले पनि पहेंलो कार्ड सामना गर्नुपर्‍यो। त्यसैले बागमतीविरुद्धको निर्णायक खेलका लागि सुरक्षित राख्न सुदूरपश्चिमविरुद्ध ह्याट्रिक गरेकी भायोलासँगै अञ्जलीलाई पनि दोस्रो हाफको सुरुमै मैदान बाहिर निकालिएको थियो। अब वालिङले बागमतीपछि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीसँगै चन्द्रपुरसँग खेल्न बाँकी छ। यी चारमध्ये दुई विभागीय टोलीसँग हुने खेलमा थापाको लक्ष्य सकेसम्म एक अंक खोस्नेछ। बाँकी दुई खेलमा भने वालिङ शतप्रतिशत जित्नै चाहन्छ। यति गरे वालिङलाई दोस्रो चरणमा पुग्न लगभग पर्याप्त हुनेछ।
अर्को समाचार
सुदूरपश्चिमबाट भित्रियो हिउँदे वर्षा प्रणाली
०९ पौष २०८१
•
२ मिनेट पाठ
सुदूरपश्चिमबाट भित्रियो हिउँदे वर्षा प्रणाली
फाइल तस्विर
मौसमविद्हरूले यस वर्षको हिउँदे वर्षा प्रणाली सोमबार साँझदेखि सुदूरपश्चिम क्षेत्रबाट नेपाल भित्रिएको जनाएका छन्। यस प्रणालीको प्रभावबाट मंगलबार सुदूरपश्चिम क्षेत्रमा आंशिक वर्षा हुन सक्ने तथा उपत्यकामा दिनभरजसो बदली रही साँझपख फाट्टफुट्ट वर्षा हुन सक्ने मौसमविद् रोजन लामिछानेले जनाए।




उनका अनुसार सोमबारबाट भित्रिएको प्रणाली यस वर्षको हिउँदेयामको पहिलो वर्षा प्रणाली हो। यस वर्ष हिउँदमा अर्को वर्षा प्रणाली पनि भित्रन सक्ने सम्भावना रहेको उनको भनाइ छ। सोमबारदेखि भित्रिएको प्रणालीको असर सुदूरपश्चिम तथा पश्चिमी क्षेत्रमा देखिने, पूर्वीक्षेत्रमा त्यसको प्रभाव कम देखिने मौसमविद्हरूको भनाइ छ। ‘हिउँदे वर्षा प्रणाली सोमबार साँझदेखि भित्रिइसकेको छ। सोमबार साँझदेखि नै यसको प्रभाव क्रमिक रूपमा देशभर देखिन थाल्छ’, मौसमविद् लामिछानेले भने।

पोहर साल हिउँदमा हिउँदे वर्षा खासै भएन। सुदूरपश्चिम तथा पश्चिम क्षेत्रमा फाट्टफुट्ट वर्षा भए पनि उपत्यका तथा पूर्वीक्षेत्रमा हिउँदे वर्षा देखिएन। यस वर्ष भने वर्षायाममा देशभर पोहोरभन्दा बढी वर्षा भएको थियो। काठमाडौँलगायत केही ठाउँमा रेकर्ड नै ब्रेक भएको थियो।

जल तथा मौसम विज्ञान विभागले सोमबार साँझ निकालेको मौसमसम्बन्धी बुलेटिनअनुसार मंगलबार सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार मंगलबार सुदूर पश्चिम क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा भने साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यसैगरी तराई क्षेत्रमा साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। विभागका अनुसार मंगलबार मधेस प्रदेशमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

यसैगरी बागमती प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। विभागका अनुसार मंगलबार लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। हिउँदयाम सुरु भएसँगै क्रमिक रूपमा काठमाडौँलगायत देशभर चिसो बढ्दै गएको छ। केही दिनदेखि देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएको छ। चिसो बढेसँगै प्रदूषणको पनि जोखिम देखिएको छ।

प्रदूषणको हिसाबमा वर्षा यामभन्दा हिउँद तुलनात्मक रूपमा जोखिमपूर्ण मानिन्छ। हिउँदयाम अर्थात् चिसोमा प्रदूषणको मात्रा बढ्छ, जुन मानव स्वास्थ्यका लागि खतरनाक हुने विज्ञहरू बताउँछन्। यस वर्षको हिउँदमा काठमाडौँलगायत देशभर अघिल्लो सालको जस्तै चिसो बढ्ने मौसमविद्हरूको भनाइ छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस