इलामको सूर्याेदय नगरपालिका–५, समालबुङमा दोस्रो गोरख भेट्रान्स कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। कात्तिक ७ देखि १० सम्म स्थानीय सामसुङ मेमोरियल खेलमैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो।
गोरख टोल विकास संस्थाको आयोजना तथा गोरख युुनाइटेड फुटबल क्लबको सहआयोजनामा सञ्चालन गरिने प्रतियोगितामा नेपाल र भारतका सात टिम सहभागी हुनेछन्। विजेताले ७० हजार र उपविजेताले ३५ हजार नगद पाउने आयोजक समितिका विकास तामाङले जानकारी दिए। विजेता र उपविजेतालाई नगदसहित, ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने छ। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको तामाङले बताए।
तामाङका अनुसार प्रतियोगितामा आयोजक गोरख भेट्रान्स, बुङकुलुङको युएफसी, दार्जिलिङको जिजे, सूर्याेदयको एमसिसी, सन्दकपुरको फेमेगुरु, सिक्किमको बरमियोक नाम्पिङ, झापाको दमक–लखनपुर र बिर्तामोडको पूर्वेली भेट्रान्स टिम सहभागी हुनेछन्। ‘खेलाडीको दुर्घटना बिमासमेत गरिएको छ,’ आयोजक समितिका विकासले भने, ‘प्रथम पुरस्कारको प्रायोजन श्रीअन्तु पर्यटन व्यवसायी संघ र ट्रफी प्रायोजन बम्जन परिवार वडा ५ ले गरेका छन्। दुर्घटना बिमाको पार्टनर चाहिँ नेको एन्स्योरेन्स छ।’