राजस्थान रोयल्सको मुख्य प्रशिक्षमा राहुल द्रविड
२० भदौ २०८१
•
१ मिनेट पाठ
राजस्थान रोयल्सको मुख्य प्रशिक्षमा राहुल द्रविड
भारतीय क्रिकेट टीमका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडले फेरि प्रशिक्षकको जिम्मेवारी पाएका छन्।




उनले आगामी सिजनको इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सका लागि मुख्य प्रशिक्षकको रुपमा जिम्मेवारी सम्हालेका छन्। 

इएसपीएनक्रिकइन्फोका अनुसार द्रविडले हालैमात्र फ्रेन्चाइजीसँग सम्झौता गरेका छन्।

भारतलाई टी–२० विश्वकपको उपाधि दिलाउन सफल प्रशिक्षकको रुपमा आफ्नो नाम दर्ता गराएका द्रविडले अब राजस्थानलाई आईपीएलको उपाधि दिलाउने प्रयास गर्नेछन्।

राहुल द्रविड सन् २०१२ र २०१३ को आईपीएल सिजनमा राजस्थानको कप्तान थिए भने २०१४ र २०१५ को आईपीएलमा उनी टीमका निर्देशक र मेन्टरका रुपमा जोडिएका थिए।

राहुलले राजस्थानको प्रशिक्षकको जिम्मेवारी पाएसँगै २००८ पनि उपाधिबाट बञ्चित रहेको राजस्थान आगामी सिजनमा कसरी प्रस्तुत हुन्छ भन्ने उत्सुकता सबैमा देखिएको छ।
अर्को समाचार
राहुल द्रविडले भनेः अब म बेरोजगार भएँ, कसैसँग काम भए दिनुहोला
१८ असार २०८१
•
१ मिनेट पाठ
राहुल द्रविडले भनेः अब म बेरोजगार भएँ, कसैसँग काम भए दिनुहोला
भारतीय क्रिकेटका मुख्य प्रशिक्षक राहुल द्रविडले आफू बेरोजगार भएको भन्दै काम मागेका छन्।




क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा कार्यकाल सकिए पछि उनले कसैसँग काम भए आफूलाई दिन आग्रह गरेका हुन्।

टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधि जितेसँगै आफ्नो राम्रो बिदाई भएको भन्दै उनले खुशी पनि व्यक्त गरेका छन्।

भारतले १७ वर्ष पछि टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ।

विश्वकप सकिएसँगै राहुलले पत्रकारहरूसँग हास्यास्पद प्रतिक्रिया दिँदै आफूलाई अब कामको खोजी रहेको बताए।

उनले भने, ‘अर्को सातादेखि मेरो जीवन सामान्य बन्ने छ। मसँग कुनै काम हुने छैन। र, म बेरोजगार रहने छु। त्यसैले कसैसँग भए मलाई काम दिनुहोला।’

राहुल सन् २०२१ को टी–२० विश्वकप पछि भारतीय क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका थिए। उनको नेतृत्त्वमा भारतले ३ वटा आईसिसी टुर्नामेन्टको फाइनल खेल्दा १ मा जितेको छ।

भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा अहिले गौतम गम्भीरको नाम निकै चर्चामा रहेको छ।

राहुलको कार्यकाल विश्वकप अघि नै सकिएपनि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनलाई विश्वकपसम्मको लागि जिम्मेवारी दिएको थियो।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस