गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले पायो तीव्रता
१३ भदौ २०८१
•
४ मिनेट पाठ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले पायो तीव्रता
चितवनमा अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणको काम पुनः सुरु गरिएको छ। सङ्घीय, प्रदेश र स्थानीय तहले रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेपछि भरतपुर महानगरपालिकाको नेतृत्वमा निर्माण कार्यलाई पुनः सुरु गरिएको हो।




भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बीबीआर जेभीलाई ३० महिनाभित्र रगंशाला निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाएको छ। अहिले निर्माण कम्पनीले दुई हप्तादेखि फिल्ड स्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद प्रसाद पौडेलले जानकारी दिए।

‘क्रिकेट रंगशाला निर्माणको काम तीव्र गतिमा अगाडी बढेको छ। अहिले प्यारापिटमा ढुङ्गा सोलिङ, मैदानमा माटो काट्ने, झाडी फाड्ने काम भइरहेको छ’, पौडेलले भने, ‘काम समयमै सक्नका लागि महानगरको चार जनाको प्राविधिक टोली कार्यस्थलमै अफिस राखेर बसेका छन्।’ अहिलेको गतिमा काम भए समयमा सक्ने उनको दाबी छ।

पहिलेको डिजाइन परिवर्तन गरी दर्शक क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने रंगशाला निर्माणको काम फेरि सुरु गर्न लागिएको हो। तीन वर्षदेखि अलपत्र चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण नयाँ ढंगले अघि बढ्न लागेको छ।

निर्माण कम्पनी र महानगरले संयुक्तरुपमा स्थलगत निरीक्षण गरेपछि साउन २२ गतेदेखि निर्माण कम्पनीले काम थालेको थियो। सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्ने गरी निर्माण कार्यलाई अगाडि बढाइएको थालिएको हिमालयन कालिञ्चोक बीबीआर जेभीका प्रोजेक्ट हेड विजय ढकालले जानकारी दिए। उनका अनुसार अहिले फिल्डमा २ सय ५० जना कामदार खटिएका छन्।

पहिलो चरणमा रंगशालामा मैदान, ड्रेनऐज, २ वटा समान ३÷३ तलाको टावर बनाइनेछ। एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन्। दुवैतर्फ १५ हजार क्षमताको प्यारापिट निर्माण गरिने ढकालले जानकारी दिए। ‘हामीले दुई वटा टावरको निर्माणका लागि पानी फाल्ने काम गरिरहेका छौँ। प्याराफिटमा सोलिङ र माटो झिक्ने काम गरेका छौँ’, उनले भने ‘महानगरपालिकाले गुणस्तर परीक्षण र आवश्यक डिजाइन उपलब्ध गराएमा निर्माणको काम छिटो सक्छौँ।’

धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रंगशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो। अब भने पहिलो चरणमा १५ हजार क्षमताको बन्नेछ। फाउन्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो। अहिले भने नयाँ प्रविधिको प्रयोग गरी ५ वटा पिचसहितको मैदान बनाउन लागिएको छ। नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागिएको उनले बताए।

महानगरपालिकाले भ्याट र पीएससहित ७८ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँमा ठेक्का दिएको छ।  रंगशालामा हालसम्म धुर्मुस सुन्तली फान्डेसनले करिब ५ हजार दर्शक क्षमताको प्यारापेट बनाइसकेको छ। टावर १ को फुटिङको डन्डी बिछ्याउने काम सकिएको छ। टावर २ को खाल्डो खनेर छोडिएको छ। ड्रेनेजको काम सकिएर ढक्कन बिछ्याउने काम मात्रै बाँकी छ। अब १० हजार क्षमताको प्याराफिट निर्माण गर्ने ढकालले बताए।

फाउण्डेशनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको रहेको बताएको थियो। बजेट अभावका कारण पहिलो चरणमा खेल्न मिल्ने मैदान निर्माण गर्न लागिएको महानगरले बताएको छ। महानगरपालिकाको यस परियोजनालाई समापन्न गर्न अर्को चरणमा बजेट विनियोजन गर्दै जाने योजना छ।

सहयोग जुटाएर निर्माण गर्न लागेको रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले बजेट अभाव भएपछि काम रोकेको थियो। अहिले पनि रङ्गशालाको ऋण १२ करोड रहेको बताइएको छ। कानुनी प्रक्रियाको कारण फाण्डेशनले बजेट पाएको छैन। यसअघि सङ्घीय सरकारले ऋण तिर्नको लागि १२ करोड विनियोजन गरेपनि कानुनी प्रकृया अनुसार तिर्न नमिलेपछि रकम फिर्ता गएको थियो।  

त्यहाँ प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ। अहिलेसम्म ५४ करोड खर्च भएको फाउण्डेशनले महानगरपालिकालाई हस्तान्तरण गरेको कागजमा उल्लेख गरिएको छ। ऋण नै १२ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले तीन बर्ष अघि काम काम रोकेका थिए। २०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपति लगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि बढेको थियो। सर्वसाधारणबाट पैसा संकलन हुन छाडेपछि रंगशाला निर्माणको काम अलपत्र थियो।

रंगशाला निर्माणका काम आगडि बढे पनि अझै जग्गा रङ्गशालाको नाममा छैन। त्रिभुवन विश्वविद्यालयको नाममा रहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर–१५मा रहेको कृषि क्याम्पसको जग्गामा रंगशाला निर्माण हुन लागेको हो। 
अर्को समाचार
दुई ‘सिफ्ट’ मा हुँदै छ गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम
१६ जेष्ठ २०८२
•
२ मिनेट पाठ
दुई ‘सिफ्ट’ मा हुँदै छ गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम
भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो ।




करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको थियो । यससँगै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिए। हाल बिहान ७ देखि राति १० बजेसम्म १४० भन्दा बढी मजदुरले काम गरिरहेका र यो सङ्ख्या २०० भन्दा बढी पुग्ने उनले बताए।

“असारसम्म ४० प्रतिशत काम गर्नेगरी जनशक्ति परिचालन गर्न थालिएको छ । हाल भौतिक प्रगति २० प्रतिशत हाराहारी रहेको छ । प्याराफिटहरूमा सेन्टिङका काम भइरहेकाले छिट्टै प्रगति देखिने छ । यसअघि  आवश्यक रड र सिमेन्ट समयमा पाउन नसक्दा समस्या भएको थियो”, सञ्चालक गौतमले भने।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण हेर्ने कर्मचारी लिएर रङ्गशाला पुग्नुभएकी महानगर प्रमुख दाहालले निर्माण कम्पनीलाई कुनै समस्या भए सहजीकरण गर्न महानगर तयार रहेको भन्दै ढिलासुस्ती नगर्न आग्रह गरेका थिए। उनले चालु आर्थिक वर्षका लागि प्राप्त बजेट नै ‘फ्रिज’ हुनसक्नेतर्फ सचेत रहन आग्रह गर्नुभएको थियो ।  सङ्घीय सरकारले रु २५ करोड र बागमती प्रदेश सरकारले रु १० करोड रङ्गशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ । बजेट सुनिश्चित र निकासाका लागि निकै मेहनत गर्नुपरेको भन्दै दाहालले लक्ष्यअनुसार काम गर्न आग्रह गरेका थिए।

महानगरले गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखेर रङ्गशाला निर्माण गरिरहेको छ । रङ्गशालाको प्यारापिट र भिआइपी टावर निर्माणको काम भइरहेको छ । रङ्गशालामा दुईवटा भिआइपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । पश्चिमतर्फको प्यारापिटको सेन्टिङको काम भइरहेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरलाई स्वामित्व हस्तान्तरण गरेको थियो ।  महानगरले स्वामित्व लिएर सङ्घीय, प्रदेश तथा महानगर आफैँले समेत लगानी गर्ने गरी विसं २०८१ साउनबाट रङ्गशालाको काम सुरु गरिएको हो । रु ७८ करोडमा ठेक्का लगाइएको हो ।

महानगरका इन्जिनियर सन्तोष आचार्यका अनुसार क्रिकेट मैदानसहित पाँचवटा पिच, ढलसहित मैदान निर्माण, दुईवटा तीन/तीन तलाको भिआइपी टावर बनाइनेछ । एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । १० हजार अट्ने प्यारापिट बन्नेछ । ३० महिनाभित्र निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस