न्युटन र भ्याली पब्लिकको जित
०७ भदौ २०८१
•
१ मिनेट पाठ
न्युटन र भ्याली पब्लिकको जित
न्युटन र भ्याली पब्लिकले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन्।




न्युटनले ज्ञान संस्कारलाई ३५–२२ ले पराजित गर्‍यो। न्युटनको जितमा दिवस मगरले १० अंक योगदान दिए। अशोक विकको १३ अंक सहयोगमा भ्याली पब्लिकले नव ज्ञानभूमिलाई ३४–२० ले हरायो।

जुनियर ब्वाइजमै एन्जल्स हार्टले स्किब्सलाई २४–१८, लालीगुराँस नेसनल एकेडेमीले स्वर्णदीपलाई २३–११ र ग्रिनफिल्डले आयोजक ग्रिनल्यान्डलाई २०–१४ ले पाखा लगाए। एन्जल्स हार्टका अनिश घलेले १०, लालीगुराँसका सरगम गुरुङले १४ र ग्रिनफिल्डका विराज भण्डारीले ८ स्कोर गरे।

सिनियर ब्वाइजमा डिबिएले दोहोरो जित आत्मसात् गर्‍यो। डिबिएले पारामाउन्टलाई ४४–३३ तथा न्युटनलाई २७–२६ ले पन्छायो। डिबिएका लागि पारामाउन्टविरुद्ध नमन काफ्लेले १३ तथा न्युटनविरुद्ध अनिश केसीले ८ अंक बटुले। 

सिनियर ब्वाइजमै हिमालयनले केभिकेएसएसलाई ७०–५६ तथा गोल्डेनपिकले जिनियस वल्र्डलाई ८३–५१ ले पराजित गरे। हिमालयनका मिङ्मा तामाङले २९ तथा गोल्डेनपिकका विजय तामाङले ३९ स्कोर गरे। सिनियर गल्र्समा फेरिल्यान्डले केभिकेएसएसलाई १९–९ तथा ग्रिनल्यान्डले सत्य साईलाई ३५–१७ ले हराए। फेरिल्यान्डकी कृतिका कटवालले ९ तथा ग्रिनल्यान्डकी बिहानी राईले २२ अंक जोडे।
अर्को समाचार
ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी अमेरिकी बन्न चाहँदैनौँ
२२ फागुन २०८१
•
२ मिनेट पाठ
ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी अमेरिकी बन्न चाहँदैनौँ
ग्रिनल्याण्डका प्रधानमन्त्री मुट एगेडेले ग्रीनल्याण्डका जनताले आफ्नो भविष्य आफैँ निर्धारण गर्ने र उनीहरू डेनिस वा अमेरिकी बन्न चाहँदैनन् भनी बताएका छन्।




एगेडेले बुधबार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियामा आफ्नो टिप्पणी गरेका हुन्। ट्रम्पले ग्रीनल्याण्ड (हाल डेनमार्क राज्यको अर्ध-स्वायत्त क्षेत्र) लाई अमेरिकाको हिस्सा बनाउने आफ्नो इच्छा दोहोर्‍याएपछि एगेडेले यस्तो टिप्पणी गरेका हुन्।

'हामी अमेरिकी हुन चाहँदैनौं, न त डेनिस, हामी कलालित [ग्रीनल्याण्डर] हौं। अमेरिकीहरू र तिनीहरूका नेताले यो कुरा बुझ्नुपर्छ,' एगेडेले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामी बिक्रीको लागि होइनौं र लिन सकिँदैन। हाम्रो भविष्य ग्रिनल्याण्डमा हामीद्वारा निर्धारण गरिन्छ।'

मंगलबार राति अमेरिकी कंग्रेसमा आफ्नो वार्षिक भाषणका क्रममा ट्रम्पले टापु लिन चाहेको  कुरा व्यक्त गरेका थिए। उनले आर्थिक लाभ र सुरक्षाको वाचा गर्दै सो बताएका थिए।

'हामी तपाईंलाई सुरक्षित राख्नेछौं, हामी तपाईंलाई धनी बनाउनेछौं, र सँगै, हामी ग्रिनल्याण्डलाई तपाईंले पहिले कहिल्यै सोच्नुभएको जस्तो उचाइमा पुर्‍याउनेछौं,' ट्रम्पले भने, 'यो धेरै सानो जनसंख्या हो, धेरै, धेरै ठूलो जमिन हो, र सैन्य सुरक्षाको लागि धेरै, धेरै महत्त्वपूर्ण छ।'

ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक र आर्थिक महत्त्वलाई औंल्याउँदै यसलाई कब्जा गर्ने आफ्नो दृष्टिकोणको ढोल बजाइरहेका छन्। तर ग्रिनल्याण्डको सत्तारूढ इनुइट अटाकाटिगिट पार्टीले मार्च ११ को आम चुनावपछि सम्भावित आर्थिक र कल्याणकारी प्रभावहरूको बारेमा सावधानी अपनाउँदै स्वतन्त्रताको मतदानमा हतार नगर्ने बताएको छ। 

जनमत सर्वेक्षणहरूले पनि धेरैजसो ग्रिनल्याण्डवासीहरू अमेरिकामा सामेल हुने विरोध गर्छन् भन्ने सुझाव दिने गरेका छन्।

राष्ट्रपतिको रूपमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्नुअघि नै ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउने आशा व्यक्त गरेका थिए। यद्यपि नेटोको सहयोगी डेनमार्कले यो बिक्रीको लागि नभएको बताएको छ ।

ग्रिनल्याण्डको रणनीतिक स्थान र धनी खनिज स्रोतहरूले अमेरिकालाई फाइदा पुर्‍याउन सक्छ। यो युरोपबाट उत्तरी अमेरिका जाने सबैभन्दा छोटो मार्गमा अवस्थित छ। जुन अमेरिकी ब्यालिस्टिक मिसाइल चेतावनी प्रणालीको लागि महत्त्वपूर्ण छ।

'हामी तपाईंको भविष्य आफैँ निर्धारण गर्ने अधिकारलाई दृढतापूर्वक समर्थन गर्छौं, र यदि तपाईंले रोज्नुभयो भने, हामी तपाईंलाई संयुक्त राज्य अमेरिकामा स्वागत गर्दछौं,' ट्रम्पले आफ्नो भाषणमा भने।

तर उनले स्पष्ट पारे कि यदि मनाउने प्रयास असफल भयो भने उनी हार मान्ने छैनन् भन्दै उनले भने, 'एक वा अर्को तरिकाले, हामी यसलाई प्राप्त गर्नेछौं।' एजेन्सी
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस