रोड्रीबिना सिटीको उपाधिरक्षा यात्रा सुरु
०१ भदौ २०८१
•
२ मिनेट पाठ
रोड्रीबिना सिटीको उपाधिरक्षा यात्रा सुरु
स्पेनिस मिडफिल्डर रोड्रीबिना नै म्यानचेस्टर सिटीले यस सिजन इङ्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा चेल्सीविरुद्ध खेल्दै उपाधि रक्षाको यात्रा सुरु गर्ने भएको छ।




गत युरो कप २०२४ को फाइनलमा स्पेनले इङ्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दा २८ वर्षे प्रभावशाली मिडफिल्डर रोड्री पहिलो हाफपछि मैदानबाट बाहिरिनुपरेको थियो। त्यसयता उनी पहिलो पटक मैदान फर्किंदै प्रशिक्षणमा सहभागी भएका छन्।

इङ्ल्यान्डका तीन स्टार फिल फोडेन, जोन स्टोन्स र कायल वाल्कर स्टामफर्डब्रिजमा हुने खेलका लागि सिटीको टोलीमा समावेश भइसकेका छन्। तर, रोड्री भने अहिले समावेश हुन सकेका छैनन्।

शुक्रबार पत्रकार सम्मेलनमा चेल्सीविरुद्ध रोड्री टोलीमा समावेश हुन सक्छन् भन्ने प्रश्नमा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ‘सम्भव नै छैन’ भन्दै प्रतिक्रिया दिएका थिए।

‘उनी प्रशिक्षणमा आएका छन्। तर, अहिलेसम्म पनि उनलाई सहज अवस्थामा देखेको छैन। उनले ट्रेनिङपछि कस्तो महसुस गर्छन् त्यो हेर्न बाँकी छ,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने। सिजनको सुरुआतमा नै रोड्रीको अनुपस्थितिमा सिटीले पाँचौं पटक प्रिमियर लिगको दाबेदारी यात्रा थाल्नेछ।

यसपल्ट सिटी वेस्ट लन्डनमा उपाधिरक्षाका लागि बलियो सुरुआत गर्ने लक्ष्यमा छ। तर, सिजनको सुरुआतमा आफ्नो टोलीलाई फिटनेसको समस्या रहेको प्रशिक्षक ग्वार्डिओलाको भनाइ छ। प्रशिक्षणमा फर्किसकेका फोडेन, स्टोन्स र वाल्कर पनि पूर्ण रूपमा फिट देखिएका छैनन्।

‘उनीहरू ९० मिनेटकै लागि पूर्ण फिट छैनन् भन्नेमा म पूर्ण विश्वस्त छु। सम्भवतः १५ मिनेट पनि,’ ग्वार्डिओलाले भने, तर सबैभन्दा महत्त्वपूर्ण पक्ष ओस्कारबाहेक (बोब) सबै जना टोलीमा फर्किएका छन्।’ बोबले शुक्रबार मात्र सर्जरी गराएका छन्। प्रशिक्षणका क्रममा चोटका कारण उनले सर्जरी गराएका हुन्।

नर्वेका युवा विङ्गर चार महिनाका लागि मैदानबाहिर रहने भएका छन्। ‘दुर्भाग्यवश, उनले चोटको सामना गर्नु ठूलो क्षति हो,’ ग्वार्डिलोलाले भने, ‘उनले आज साँझ नै सर्जर गरेका छन्। उनी छिट्टै ठीक हुन्छन् भन्ने आशा छ।’

कम्तीमा उनी ३/४ महिना टोलीबाहिर रहने र जुन दुखद पक्ष रहेको ग्वार्डिआलाले उल्लेख गरेका छन्। अर्जेन्टिनाका फरवार्ड जुलियन अल्भारेज एटलेटिको मड्रिड गएपछि बोबले उनको स्थान लिने आशा गरिएको थियो। ग्वार्डिओलाले अब ट्रान्सफर मार्केटमा उनको विकल्प खोज्ने प्रयास गरिने उल्लेख गरेका छन्।

‘ट्रान्सफरबाट उनको विकल्प खोज्ने प्रयास हुन पनि सक्छ या नहुने सम्भावना छ,’ उनले भने, ‘टोली राम्रो बनाउने प्रयास हुनेछ।

एकपटक फेरि हेर्नेछु। ट्रान्सफर बजार के हुन्छ एक पटक हेर्नेछु। जनवरीमा त्यसको सदुपयोग गर्न सक्छौं। त्यति बेला केही खेलाडी अनुबन्धित हुन सक्छन्।’  
अर्को समाचार
लिभरपुलको शीर्ष स्थान कायमै
१३ पौष २०८१
•
१ मिनेट पाठ
लिभरपुलको शीर्ष स्थान कायमै
बक्सिङ डेमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ ले हराएर इङ्ग्लिस प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान थप बलियो पारेको छ। लिभरपुलका लागि गोल गर्नेहरूमा कोडी गाक्पो, कर्टिस जोन्स र मोहम्मद सलाह छन्। लिभरपुल पछिल्ला २० खेलमा पराजित भएको छैन।  




अर्कोतर्फ, गत विजेता म्यान्चेस्टर सिटीले घरेलु मैदानमा इभर्टनसँग १–१ ले बराबरी खेल्यो, जहाँ इर्लिङ हालान्डले पेनाल्टीमा गोल गर्न चुके। म्यान्चेस्टर युनाइटेडले भने वोल्भरह्याम्पटनसँग २–० ले हार बेहोर्नुपर्यो, जसले उनीहरूको लिग स्थानमा थोरै प्रभाव पार्यो।

चेल्सीले आफ्नो खेलमा फुल्हमसँग २–१ ले हार ब्यहोरेको छैन, तर अन्य खेलहरूमा उनीहरूको नतिजाले लिभरपुललाई शीर्ष स्थानमा राख्न सहयोग गरेको छ। लिभरपुल अहिले दोस्रो स्थानको चेल्सीलाई सात अङ्कले पछाडि पारेको छ।

त्यस्तै, नटिङ्घम फरेस्टले टोटनहामलाई १–० ले हराएर लिग तालिकामा आफ्नो स्थान सुधार गरेको छ, तर यसले उनीहरूलाई तेस्रो स्थानमा पुर्याएको भने छैन।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस