इरानलाई हराउँदै नेपाल फाइनलमा, भारतसँग उपाधि भिडन्त
२२ साउन २०८१
•
२ मिनेट पाठ
इरानलाई हराउँदै नेपाल फाइनलमा, भारतसँग उपाधि भिडन्त
नेपालले मंगलबार इरानमाथि लिगमा बेहोरेको हारको बदला लिँदै काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ ।




त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले इरानमाथि ३-० को सोझो सेटमा जित निकाल्दै फाइनलमा भारतसँग भेट पक्का गरेको छ ।बुधवार नै उपाधि भिडन्त हुनेछ । भारतले पनि पहिलो सेमिफाइनलमा श्रीलङ्कामाथि ३-० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान भएको थियो । समूह चरणमा नेपालले भारतलाई ३-२ को सेटमा हराउँदै इतिहास रचेको थियो ।

नेपालले लिगमा चरणमा इरानसँग प्रतिस्पर्धात्मक सेटमा ३-२ ले हार बेहोरेको थियो । तर, सेमिफाइनलमा भने नेपालले हारको बदला लियो । यस क्रममा नेपालले इरानमाथि २५-२१, २८-२६ र २५-२० ले जित रच्यो ।

सेमिफाइनलमा पनि नेपालको सुरुआत राम्रो हुन सकेन । नेपालले पहिलो दुई सेटमा नै अग्रता गुमाएको थियो । तर, छिट्टै लय समाउँदै नेपालले गल्ती सुधार गर्यो । नेपालले अग्रता उल्टयाउंदै ३-३ को स्थितिमा ल्यायो र पहिलो सेट  २५-२१ ले आफ्नो पक्षमा बनायाे ।

दोस्रो सेटमा पनि इरानले  सुरुआत  अग्रता लियो ।दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । एक समय इरान २०-१७ काे अग्रता जोगाउन नसक्दा उल्टै दबाब पर्‍यो । इरानले लगातार  २३-२१ को अग्रता लियो । यद्यपि नेपालले उत्कृष्ट पुनरागमन गर्यो २४-२४ स्थिति ल्यायो । लगातार दुवै तर्फ र्‍याली चले पनि अन्ततः नेपालले २८-२६ ले सेट आफ्नो पक्षमा बनायो । तेस्रो सेटमा पनि इरानले सुरुदेखि दबाब बनायो र लगातार तीन अङ्कसम्म अग्रता लियो । यस क्रममा नेपाल १४-११ ले पछि थियो । तर, लगातार अंक बटुल्दै नेपालले १४-१४ को स्थितिमा ल्यायो । यहीबाट नेपालले अग्रता  लिँदै जितको आधार पनि बनायो । अन्ततः नेपालले यो सेट २५-२० ले आफ्नो बनाउँदै लिगमा इरानसँग बेहोरेको हारको बदला लियो ।

त्यसअघि श्रीलङ्कालाई सेमिफाइनलमा हराउँदै भारत नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा पुगेको थियो। 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भारतले श्रीलङ्कामाथि सोझो सेटमा जित निकालेको हो।भारतले पहिलो दुई सेट २५-१५ र २५-१६ ले सहजै आफ्नो बनायो । तेस्रो सेटमा श्रीलङ्काले चुनौती दिँदै १२-९ ले अग्रता बनाएको थियो । तर, अग्रता जोगाउन नसक्दा श्रीलङ्का २५-२३ ले गुमाउन पुग्यो । अब श्रीलङ्काले तेस्रो स्थानका लागि बुधवार खेल्नेछ। नेपालसँग पराजित इरानले बुधवार नै तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ।
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
४३ मिनेट अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस