अर्जेन्टिनाले मियामीमा कोलम्बियाको सामना गर्दा कीर्तिमानी १६औं कोपा अमेरिका जित्न संघर्ष गर्नेछ। यो जितले उरुग्वेलाई पछि पार्दै डिफेन्डिङ च्याम्पियनलाई आफू प्रतियोगिताको इतिहासमै सबैभन्दा सफल टोली हो भनेर छात्ती ठोकेर दाबी गर्न मिल्ने आधारशिला खडा हुनेछ।
लिओनल मेसीप्रेरित अर्जेन्टिनाले सन् २०२१ को कोपा अमेरिकाको उपाधि जितेको थियो। त्यसको एक वर्षपछि कतार विश्वकप पनि टोलीले आफ्नो पोल्टामा पार्यो। त्यसैले यो टोली ऐतिहासिक ह्याट्रिकको सँघारमा पनि छ।
हुन त अन्तर्राष्ट्रिय प्रतियोगितामा यो उपलब्धि कसैले हासिल नगरेका भने होइन। सन् २००८ र २०१२ मा स्पेनले लगातार दुई युरो कप जितेको थियो। त्यसबीचमा दक्षिण अफ्रिकामा भएको विश्वकप २०१० पनि यही टोली जित्न सफल भयो। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी भन्छन्, ‘हामी फाइनल जित्ने प्रयासमा हुनेछौं। हाम्रो खेल्ने तरिका परिवर्तन हुँदैन। तर, यो फाइनल हो, विशेष हुन्छ।’
अर्जेन्टिनाको विपक्षी कोलम्बिया पछिल्ला समयको प्रभावशाली टोलीमध्ये एक हो। यो टोली अन्तिम पटक हारेको भनेकै सन् २०२२ को फेब्रुअरीमा हो। त्यो पनि अर्जेन्टिनासँग। कतार विश्वकप छनोटअन्तर्गत भएको भेटमा लाउटारो मार्टिनेजले घरेलु टोलीका लागि निर्णायक गोल गरेका थिए। त्यसयता यो टोली २८ खेलमा अपराजित छ। यो अपराजित टोलीले कोपा अमेरिकाको फाइनलसम्म यात्रा गर्दा सहज बाटो भने समातेको होइन।
अर्जेन्टिनाले सेमिफाइनलमा आफूभन्दा कमजोर मानिएको क्यानडालाई २–० गोलअन्तरले सहजै पराजित गरेको थियो। तर, कोलम्बिया भने अर्जेन्टिनाझैं कीर्तिमानी १५ पटक यस प्रतियोगिता जितिसकेको उरुग्वेलाई १–० गोलअन्तरले पराजित गर्दै २३ वर्षपछि फाइनलमा पुगेको हो।
यो टोलीले उपाधि जितेको भनेकै सन् २००१ मा हो। घरेलु मैदानमा भएको यो प्रतियोगितामा मेक्सिकोलाई पराजित गर्न इभान कोर्डोबाले ६५औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो।
यसपटक विदेशी भूमिमा रहेको कोलम्बिया विश्वविजेताविरुद्ध उत्रिँदा यही सफलता दोहो¥याउने लक्ष्यमा हुनेछ। ‘हाम्रो प्रतिद्वन्द्वी को हो भन्ने राम्रोसँग थाहा छ। तर, यो फरक खेल हो, जुन हामीले अपेक्षा गरेभन्दा बढी संघर्षपूर्ण हुन्छ। यद्यपि, हामी विश्वविजेतालाई टक्कर दिन सक्षम छौं,’ कोलम्बियाका प्रशिक्षक नेस्टर लोरेन्जोले भने।
फिफाले विश्ववरीयतामा पहिलो स्थानमा रहेको अर्जेन्टिनाले वर्षौंदेखि सँगै खेलिरहेको टोली प्रतिस्पर्धी पाएको छ। त्यसैले यो खेल एकतर्फी होइन, निक्कै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ। यद्यपि, कोलम्बियाका पूर्वस्टार मिडफिल्डर कार्लोस भाल्डेरा भने आफ्नो टोली जितका लागि हकदार रहेको बताउँछन्।
‘कोलम्बियाले सोमबार उपाधि जितेको देख्दै छु। हामीसँग उपाधि दिलाउनलायक टोली छ,’ एएफपीसँग भने, ‘यो टोली अपराजित छ, कोपामा राम्रो प्रदर्शन गरिरहेको छ र रोड्रिग्वेजले उत्कृष्ट खेलिरहेका छन्। त्यसैले म यो टोलीबाट आशावादी छु।’ कोलम्बियालाई यहाँसम्मको यात्रा तय गराउन कप्तान जेम्स रोड्रिग्वेजको प्रदर्शन अविश्वसनीय छ।
यही प्रतियोगितामा उनले सर्वाधिक ६ ‘असिस्ट’ गर्दै मेसीको कीर्तिमान तोडेका छन्। हुन त उनीले ब्राजिलमा विश्वकप २०१४ मा पनि यस्तै प्रदर्शन देखाएका थिए। प्रतियोगितामा सर्वाधिक ६ गोल गर्दै ‘गोल्डेन बुट’ पाएका उनले विश्व फुटबलको ध्यान खिचेका थिए। तर, क्लबस्तरमा भने उनले त्यस्तो अद्भुत प्रदर्शन देखाउन सकेनन्। त्यसको दशकपछि यी ३२ वर्षीय विंगरले आफ्नो देशको पहेंलो जर्सीमा सर्वश्रेष्ठ खेल प्रदर्शन गरेका छन्।
‘लोरेन्जोसँग एक महान् खेलाडी (रोड्रिग्वेज) छन्। तर हामी कहिल्यै एक खेलाडीमा मात्रै ध्यान केन्द्रित गर्दैनौं। हामी समग्र टोलीमा ध्यान केन्द्रित गर्छौं,’ अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने। यो फाइनल अर्जेन्टिनाका लागि धेरै हदसम्म भावनात्मक हुनेछ। यो खेलसँगै ३६ वर्षीय विंगर एन्जल डी मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेछन्।
‘यो मेरो अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल हुनेछ। म सबै अर्जेन्टिनी र यो पुस्तालाई धन्यवाद दिन चाहन्छु, जसले मलाई यति धेरै ट्रफी उचाल्नमा साथ दिनुभयो,’ बेनफिकाका मिडफिल्डरले गत साता भनेका थिए।
डिफेन्डर निकोलस ओटामेन्डीले पनि यही खेलपछि संन्यास लिनेछन्। तर, सन् २०२६ को विश्वकपमा ३९ वर्ष पुग्ने मेसीले भने संन्यास लिन्छन् या लिँदैनन् त्यो हेर्न भने बाँकी नै छ। क्यानडाविरुद्धको सेमिफाइनलमा २–० को जितमा प्रतियोगिताको पहिलो गोल गरेका आठ पटकका बालोन डी’ओर विजेता भन्छन्, ‘मैले भनिसकेको छु, म निरन्तरता दिन चाहन्छु। भविष्यमा के हुन्छ भनेर सोच्दिनँ। तर, म फिडियो (डि मारिया) र ओटा (ओटामेन्डी)जस्तै सचेत छु, यो अन्तिम लडाइँ हो।’
अर्जेन्टिनाका स्टार फरवार्ड मेसीलाई सन् २००७ (विश्वकप, कोपा अमेरिका र कन्मेबोल–युइएफए कप अफ च्याम्पियनसिप) पछि आफ्नो करिअरमा अर्को उपाधि थप्ने मौका पनि छ।