चौथो मेयर कप जितेर पाथीभरा याङवरकले लग्यो दुई लाख ७५ हजार रुपैयाँ,सिदिङ्वा उपबिजेता
०७ जेष्ठ २०८१
•
१ मिनेट पाठ
चौथो मेयर कप जितेर पाथीभरा याङवरकले लग्यो दुई लाख ७५ हजार रुपैयाँ,सिदिङ्वा उपबिजेता
फुङलिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले जितेको छ। 




ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा सञ्चालित भलिबल प्रतियोगितामा पाथीभरा याङवरक गाउँपालिकाले सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्‍यो। पाथीभरा याङवरक पछिल्ला खेलहरुमा लगातार अपराजित रही खेलको लयमा रहेको टिम हो। 

उसले सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि समेत जितेको थियो। संयोग के भने पछिल्ला तीन खेहरुमै पाथीभरा याङवरकले सिदिङ्वा फाइनल प्रतिद्धन्दी पाएको थियो भने तीनै खेलमा सिदिङ्वालाई हराएको छ। 

जितसँगै पाथीभरा याङवरक गाउँपालिकाले दुई लाख ७५ हजार एकसय रुपैयाँका साथ ट्रफी पाएको छ भने उपबिजेता भएको सिदिङ्वा गाउँपालिकाले एकलाख ४० हजार एकसय रुपैयाँ पाएको छ। 

सेमीफाईनल पुग्ने सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाले समान ४५–४५ हजार रुपैयाँ पाएका छन्। पाथीभरा याङवरक गाउँपालिकाले खेलाडीको सम्मानका लागि भन्दै खेलाडीले जिते बराबर रकम पालिकाबमट थप गरेर खेलाडीलाई वितरण गर्दै आइरहेको छ। 
अर्को समाचार
तत्काल विद्यालय सञ्चालन गर्न फुङलिङ नगरपालिकाको निर्देशन
१५ वैशाख २०८२
•
१ मिनेट पाठ
तत्काल विद्यालय सञ्चालन गर्न फुङलिङ नगरपालिकाको निर्देशन
ताप्लेजुङको फुङलिङ नगरपालिकाले विद्यालय बन्द हुँदा समग्र शैक्षिक कार्यतालिका प्रभावित भएको भन्दै यथाशीघ्र कक्षा सञ्चालन गर्न नगरक्षेत्रका विद्यालयलाई आवह्वान गरेको छ ।  




नगर शिक्षा समितिका अध्यक्ष एवम् नगरप्रमुख अमिर मादेनले सोमबार एक विज्ञप्ति प्रकाशित गरी शिक्षकहरुको जायज माग पूरा गर्न नेपाल सरकारसँग आग्रह समेत गरेका छन् । उनले करिब महिना दिनदेखि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु सडक आन्दोलनमा जाँदा भर्ना अभियानसमेत हुन नसकेको, समग्र शिक्षा प्रणालीमानै नकारात्मक प्रभाव परेकोले यथाशीघ्र सामुदायिक विद्यालय सञ्चालन गर्न भनेका छन् ।  

नगरपालिकाले नगर शिक्षा समिति र वडा शिक्षा समिति समेतकोतर्फबाट यस्तो अपिल गरिएको बताएको छ । नगरपालिकाले समग्र शैक्षिक क्रियाकलाप नै ठप्प हुँदा लाखौं विद्यार्थीहरुमा मनोवैज्ञानिक रुपमा दूरगामी असर परिरहेकोले नगरक्षेत्रका बिद्यालयहरु सुचारु गर्न आग्रह गरेको छ ।

 
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस