कोशी प्रदेश राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाइनल आज
०३ चैत्र २०८०
•
२ मिनेट पाठ
कोशी प्रदेश राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाइनल आज
कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश आज भिड्ँदै छन्।




विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई हरायो भने कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै उपाधिका लागि दाबी प्रस्तुत गरेका हुन्। आर्मी लगातार पाँचौं खेल जित्दै फाइनलमा पुगेको हो।

यस सिजनमा भएका प्रतियोगिताहरुको फाइनल खेलमा आर्मीले केपी ओली कपमा मधेस प्रदेशसँग पराजय भोग्यो भने पिएम कपमा पुलिससँग पराजय भोगेको थियो। पाँच खेलमध्ये तीन मा जित हात पारेको कर्णाली र आर्मीबीच उपाधि जितका लागि खेल हुने छ।

आर्मीले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो। टस हार्दै पहिलो ब्याटिङको मौका पाएको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६३ रन बनाउन सफल भयो।

नारायण जोशीले २२ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ५९ रन, किरण ठगुनाले ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गरी ४३ रन बनाए। आर्मीका लागि बसिर अहमदले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट, नितेश पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए।

१९ ओभर १ बलमा ५ विकेट गुमाउँदै आर्मीले पाएको १ सय  ६४ रनको लक्ष्य पार गर्दै विजयी भयो। प्लेयर अफ द म्याच बसिर अहमदले अविजित हुँदै २८ बलमा २ छक्का र ५ चौका प्रहार गरी ५० रन, त्रितराज दासले ३२ बलमा ७ चौका प्रहार गरी ३८  रन र सन्तोष कार्कीले ३१ रनको योगदान गरे। सुदूरपश्चिमका लागि दीपक बोहराले २ विकेट, हेमन्त धामी र नरेन साउदले समान १–१ विकेट लिए।

अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हरायो। टस जितेर पहिले ब्याटिङ थालेको लुम्बिनीले १८ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय ५१ रन बनायो। आकाश त्रिपाठीले ३९ बलमा १ छक्का र १० चौका प्रहार गरी ६५ रन, मिर्नल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन, देव खनालले १२ रन र प्रज्ज्वल थापाले ११ रनको योगदान गरे। कर्णालीका लागि प्लेयर अफ म्याच दीपेन्द्र रावतले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट, प्रकाश जैसीले ३ विकेट र दिवान पुनले २ विकेट लिए।

कर्णालीले १ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो। अर्जुन घर्तीले २७ बलमा १ छक्का र ५ चौका प्रहार गरी अविजित ४३ रन, दिनेश अधिकारीले २० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ३६ रन बनाए।  

११ ओभर ५ बलमा ७८ रनमा पाँचौं विकेट गुमाइसकेको अवस्थामा घर्ती र अधिकारीले छैटौं विकेटका लागि ४२ बलमा अविजित रहँदै ७४ रनको उत्कृष्ट साझेदारी प्रस्तुत गरे। रविन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रन बनाए। लुम्बिनीका लागि वीर मगर, निर्मल गुरुङ, देव खनाल, नर सार्की र कृष्ण कार्कीले समान १–१ विकेट लिए।
अर्को समाचार
यु–१९ क्रिकेटः सुदूरपश्चिम फाइनल नजिक
१४ मंसिर २०७९
•
३ मिनेट पाठ
यु–१९ क्रिकेटः सुदूरपश्चिम फाइनल नजिक
सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ।




कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधवार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशमाथि ७ विकेट जित निकालेसँगै फाइनल नजिक पुगेको हो। सुदूरपश्चिमले सम्पन्न पाँच खेलमध्ये सबै खेलमा स्पष्ट जित निकालेको हो। सुदूरपश्चिमको अंक तालिकामा १० अंक भएको छ। लगातार पाचाैँ जित निकाल्ने क्रममा स्पिनर नरेन साउदको पाँच विकेट र दीपक बोहराको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले पाचौं खेलमा पनि जित निकालेको हो। जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

सुदूरपश्चिमको जितमा दीपक बोहराले ५८ बलमा ६ चौका २ छक्कासहित सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले। अर्का ओपनर दीपक बोहरा २४ बलमा ६ चौकासहित २४ रनमा आउट भए भने गजेन्द्र बोहरा १० बलमा २ चौका र २ छक्कासहित २४ रन र अनुराग सिंह २ रनमा अविजित रहे। मधेसका अभिषेक तिवारीले सर्वाधिक दुई विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन जोड्नसक्यो। मधेसका अनिल अन्सारीले ५६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रनको पारी खेल्दा चौथो नम्बरका ब्याटर इमरान शेख ३८ बलमा ५ चौकासहित २८ रन जोडे। कप्तान अभिषेक तिवारी शुन्य, राजेश यादव ६, नितेश यादव ४ र अब्जित मण्डल ६ रनमा आउट भए। बलिङतर्फ सुदूरपश्चिमका नरेन साउदले ९.१ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिए। युवराज खत्रीले ९ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए। हेमन्त धामीले ६ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए। सुदूरपश्चिमले अब अन्तिम खेलमा शुक्रवार वागमतीसँग खेल्नेछ। उक्त खेलमा पराजित हुँदा पनि फाइनलमा पुग्नसक्छ।

प्रतियोगिता अन्तर्गत बुधवार नै भएको मुलपानी मैदानमा लुम्बिनी प्रदेशले वागमती प्रदेशलाई ८५ रनले पराजित गर्‍यो। जितका लागि लुम्बिनीले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको वागमती ३५.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४९ रन बनाउन सक्यो। वागमतीका लागि कप्तान अशोक पौडेलले ५४ बलमा ३१ रनको योगदान गरे। प्रतिक श्रेष्ठले २७ तथा रोशन विकले २३ रन बनाए। कसिलो बलिङ गरेको वागमतीलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका दुर्गेश गुप्ताले ४ विकेट लिए। अभिषेक गौतम र तुलबहादुर थापाले समान २/२ तथा नर शार्की र निर्मल गुरुङले समान १/१ विकेट हात पारे। 

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभरमा सबै विकेट गुमाएर  २ सय ३४ रन बनाएको थियो। लुम्बिनीका लागि देव खनालले ५४ बलमा ४६ तथा आकाश त्रिपाटीले ७० बलमा ४० रन बनाए। दुर्गेश गुप्ताले २५ बलमा ३८ रन तथा तुलबहादुर थापाले २८ रन बनाए। विशाल भुषालले २० रन जोड्दा कप्तान विशालविक्रम केसीले ११ रन जोडे। वागमतीका लागि प्रतिक श्रेष्ठले ३ तथा अभिषेक कोईराला र ओमकार यादवले समान २/२ विकेट निकाले। 

अहमद राजा र योगेश भाटको नाममा समान १/१ विकेट निकाले। यससँगै वागमतीले एक खेल अगावै फाईनल पुग्ने अवसर गुमाएको छ। पाँच खेलमा ८ अंकका साथ वागमती दोस्रो स्थानमा रहेको छ। उता जित निकालेको लुम्बिनीको ४ खेलबाट ६ अंक भएको छ। प्रतियोगितामा बिहीवार पनि दुई खेल हुनेछन्। कीर्तिपुरमा लुम्बिनी प्रदेश र प्रदेश १ बीच खेल हुनेछ भने मुलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस