सुन्दरहरैँचालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
२१ फागुन २०८०
•
२ मिनेट पाठ
सुन्दरहरैँचालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ।




मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मिक्लाजुङ गाउँपालिकाको सह आयोजनामा मिक्लाजुङको मनोहर जनता माविमा भएको प्रतियोगितामा सुन्दरहरैँचाले उपाधि जितेको हो। 

२१ स्वर्ण, १९ रजत र ७ कास्य पदकका साथ सुन्दरहरैँचा प्रथम भयो। २१ स्वर्ण, ९ रजत र १८ कास्य पदक जित्दै विराटनगर महानगरपालिका द्वितीय र १० स्वर्ण, ५ रजत र ८ कास्य पदकका साथ बेलबारी नगरपालिका तृतीय भयो।

खेलाडीहरुलाई पुरस्कार बाडँदै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राजकुमार खत्रीले प्रदेश सरकार खेल र खेलाडीको विकासका लागि विभिन्न योजना अघि बढाएको बताए। प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग छलफल गरी बजेट तयार पार्ने बताउँदै, मन्त्री खत्रीले भने, ‘प्रदेश सरकारले खेल र खेलाडीको सम्मान गर्दै उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गर्नेहरूलाई नगदका साथ सम्मान गर्न थालेको छ। यसले पनि प्रदेश सरकार खेलको विकासमा अघि बढेको पुष्टि हुन्छ। जसरी अध्ययनमा सफल हुन मेहनत गर्नुहुन्छ । त्यसरी नै मेहनतका साथै खेलप्रति लगाव बढाउनु भयो भने एक चर्चित र व्यवसायिक खेलाडी बन्दै आफू र आफ्नो राष्ट्रको नाम राख्न सफल हुइन्छ।’

मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रवण ऋषिदेव, खेलकुद विकास समितिका सदस्य विनोद डाँगीलगायतले पुरस्कार वितरण गरे। 

१७ पालिकामध्ये विराटनगर महानगर, सुन्दरहरैँचा, लेटाङ, केराबारी, रतुवामाई, उर्लाबारी, सुनवर्षी, रंगेली, बेलबारी, कानेपोखरी, बुढीगंगा, धनपालथान र मिक्लाजुङको सहभागिता रहेको थियो। ग्रामथान, जहदा र कटहरी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएनन्। प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, भलिबल, एथलेटिक्स र कपर्दीमा ९ सय १८ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। 
अर्को समाचार
खप्तडका ‘उड्ने चरा’ सागर
०१ फागुन २०८०
•
२ मिनेट पाठ
खप्तडका ‘उड्ने चरा’ सागर
बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहे। ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उनी चर्चाको शिखरमा पुगेका हुन्।




खप्तडछान्ना गाउँपालिका स्थित खप्तड माविमा अध्ययनरत सागरले झोतामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हाइजम्प तर्फ स्वर्ण पदक जिते। पाँच दशमलव छ फिट उचाइ जम्प गर्दै उनले स्वर्णपदक हात पारेका हुन्। अहिले उनलाई ‘उड्ने चरो’ भनेर सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरिरहेका छन्। एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘ओएमजी! खप्तड (खप्तडछान्ना गाउँपालिका)को उड्ने चरो रहेछ त। प्वाख फिटिङ गरेको छ कि क्या हो।’ त्यस्तै विकास जप्रेल नाम गरेका अर्का व्यक्तिले लेखेका छन्, ‘यो भाइ त चरो हो। चरोको जस्तै उड्छ। म त यिनको फ्यान भइसकेँ’, यसरी सागरले सामाजिक सञ्चालमा चर्चा कमाइरहेका छन्।

सागर खप्तड माविमा कक्षा ९ मा पढ्छन्। स्थायी ठेगाना बाजुरा भए पनि खप्तड माविमा अध्ययन गरिरहेका उनी विशेषगरी एथलेटिक्स र सङ्गीतमा रूचि राख्छन्। उनी भन्छन्, ‘मेरो रूचिको खेल एथलेटिक्सभित्र उफ्रने, फ्याँक्ने, दगुर्ने नै हो। सङ्गीत तथा डान्सिङ पनि उत्तिकै मन पराउँछु।’

उनका अनुसार खप्तड माविमा भर्ना हुनुअघि पनि उनी एथलेटिक्सका विभिन्न विधामा अभ्यास गर्थे। ‘यस्तो अवसर आउला भन्ने सोचेको थिइनँ। मौका मिल्यो, मेरो अभ्यासले पनि काम ग¥यो’ सागरले भने।

को हुन् सागर ?

चौध वर्षअघि बाजुराको खप्तडछेडेदह गाउँपालिका–६ मा जन्मिएका सागर पाँच वर्ष नपुग्दै बुवा बुदेसँग भारतको नयाँ दिल्ली गए। पछि आमासहित दाइ दिदीहरू गएपछि उनीहरूको बाल्यकालको समय भारतमै बित्यो।

किशोरावस्थादेखि नै भारतमा चौकीदारी गर्दै आएका बुदे बेला–बेलामा सबै सन्तानलाई भारतमा घुमाउँथे। सागर जन्मपछि भने उनीहरूको बसाइ भारतमै भयो। घरमा बसेर पाँच सन्तानलाई पाल्न, पढाउन निकै समस्या भएपछि सागर परिवारले केही काम गर्ने र सन्तानलाई पढाउने सोचपछि उनीहरू दिल्लीमा बस्न थाले।

सागरकी जेठो दिदी विपनाका अनुसार सङ्गीतमा रूचि भएका भाइहरूको पढाइ बिग्रिन थालेपछि सबै भाइबहिनीलाई लिएर बुवाआमा भारत गएका थिए। भारतमा पनि उनीहरूलाई पढाइ गर्न त्यति सजिलो थिएन। ‘भारतमा पनि बुवाआमाले कमाएको पैसाले खान र पढाउन मुस्किल भयो। त्यसै बीचमा जेठो र माइलो भाइले पढाइ छोडे’, विपनाले भनिन्।

‘मैले दुःखसुखले पढेपछि बझाङको खप्तडछान्नामा बिहे गरेँ’, उनले भने, ‘त्यसपछि खप्तडछान्ना स्वास्थ्यचौकीको प्रयोगशाला फाँटमा जागिर पाइयो। बुवाआमालाई सजिलोका लागि कान्छो भाइ विवेकलाई समेत ल्याए र खप्तड माविमा भर्ना गराए।’

विवेक विद्यालयमा पनि अहिलेसम्म मध्यम क्षमता भएको विद्यार्थीमा गनिन्छन्। उनले भने, ‘भाइलाई बझाङ ल्याएपछि उसले निकै फुर्सद मानेर खेलकुद, सङ्गीत तथा पढाइलाई सँगसँगै लिइरहेको छ।’ पछि नतिजा राम्रै आउनेछ भन्ने विश्वास लिएको उनले बताए। रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस