भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिता अन्तर्गत टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो-खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल जस्ता खेल हुने जनाइएको छ।
भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले १५ विधाका विभिन्न खेलकुद प्रतियोगिताले सिंगो भक्तपुर खेलकुदमय हुने बताए। प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सहिद स्मृति खेल मैदान भक्तपुरमा उद्घाटन गरे।
उद्घाटन अघि समुद्घाटन र्याली निकालिएको थियो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरु भएको र्याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै नगर परिक्रमा गरी सहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो।
र्याली सुरु हुनु अघि भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले विद्यालय तथा खेलाडीहरु अनुशासित रुपमा खेलमा भाग लिने अपेक्षा सहित वडा वडामा हुने खेलहरुकोबारे जानकारी दिए।
उद्घाटन कार्यक्रममा जिम्न्यास्टिक खेलाडीहरुले खेल प्रदर्शन गरेका थिए।
आज देखि भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको यस प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथलेटिक्स र कराँते गरी ६ वटा खेलहरू समावेश गरिएका छन्।
प्रतियोगितामा नगरभित्रका ४५ वटा विद्यालयका ७५० जना विद्यार्थीहरूको सहभागिता रहेको भक्तपुर नपाको खेलकुद समितिले जनाएको छ।पुस १३ गतेसम्म संचालन हुने यो प्रतियोगिताका खेलहरू सहिद स्मृति खेलमैदान, माहेश्वरी खेलमैदान, लिबाली कभर्ड हल र ख्वप कलेज लगायतका ठाउँमा हुनेछन।
प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भलिबल खेलका रेफ्री लक्ष्मीप्रसाद स्वंगमिखालाई खेल सामाग्री हस्तान्तरण गर्दै गरेका हुन।
आज विहान सहिद स्मृति खेलमैदानमा भलिबल र कबड्डी खेल भएको थियो।त्यसैगरी ,भोलि माहेश्वरी खेलमैदानमा एथलेटिक्स र लिबाली कभर्ड हलमा तेक्वाण्डो र पुस १३ गते ख्वप कलेजमा कराँते र लिबाली कभर्ड हलमा उसु खेलहरू हुनेछन।
उद्घाटन समारोहमा भक्तपुर नपा वडा नं १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री र भनपा वडा न ८ का वडा सदस्य तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासी लगायतको विद्यालयका शिक्षक शिक्षिका र प्रधानध्यापकको उपस्थित रहेको थियो।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...