प्रिन्स र रसिलालाई उपाधि
१४ माघ २०८०
•
२ मिनेट पाठ
प्रिन्स र रसिलालाई उपाधि
प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहाल र आर्मीकी रसिला मर्हजनले हात पारेका छन्। नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा शनिबार आर्मीका कविर केसीलाई २१–७, २१–१४ को सोझो सेटमा पराजित गर्दै दाहालले पुरुषतर्फको उपाधि हात पारे। नेपाल प्रहरीका जीवन आचार्य र एपिएफका अमन महर्जन तेस्रो भएका छन्।




प्रतियोगितामा महिला एकलतर्फ नेपाल आर्मीकी महर्जनले एपिएफकी शोभा गौचनलाई २१–१०, २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन्। प्रतियोगितामा नेपाल प्रहरीका नीता लम्साल र कैलालीकी एलिना सुनार तेस्रो भए।

यस्तै पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी पहिलो भएको छ। उक्त जोडीले एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गर्‍यो। एपिएफका अमन महर्जन र रोशन साउदको जोडी तथा नेपाल प्रहरीका जीवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भयो।

यसै गरी पुरुष युगल(बी लेभल)तर्फ सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीले पहिलो भयो। सो जोडीले सेमिफाइनलमा धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडीलाई २१–१७, २३–२१ ले पराजित गरेको थियो।

त्यस्तै पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ बाँकेका जयन्त श्रेष्ठ र अनिल लाखेको जोडी पहिलो भएको छ। श्रेष्ठ र लाखेको जोडीले नेपालगन्जका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई २२–२०, २१–१६ सोझो सेटमा पराजित गरेको थियो। प्रतियोगितामा पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार नगद प्राप्त गरेका छन्।

यस्तै महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरेका छन्, भने पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरेका छन्।

यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार (भेट्रान्स ४५ प्लस) का विजेताले ३० हजार, दोस्रोले २० हजार रूपैयाँ प्राप्त गरेको आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले जानकारी दिए।  
अर्को समाचार
प्रिन्स र रसिलालाई प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि
१६ पौष २०७९
•
३ मिनेट पाठ
प्रिन्स र रसिलालाई प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि
युवा खेलाडी प्रिन्स दाहालले पोखरामा आयोजित प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्। महिला तर्फका उपाधि भने आर्मीकी रशिला महर्जनले जितिन्।  




प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला व्याडमिन्टन संघको व्यवस्थापनमा आयोजित प्रतियोगितामा पुरुष तर्फको फाईनलमा दाहालले त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनलाई १९–२१, २१—१२ र २१—१४ को सेटमा पराजित गरी उपाधि जितेका हुन्। उनले एकलसँगै मिक्स डवल र पुरुष डवल तर्फको विधामा समेत स्वर्ण पदक जितेका छन्। महिला तर्फ भोजपुरकी नङसाल तामाङलाई २४–२२ र २१–१३ को सोझो सेटमा पराजित गर्दै रसिलाले स्वर्ण पदक जितेकी हुन्।  

३५ बर्ष माथि पुरुष डवलमा कास्कीका बिशाल खड्का र आर्मीका सुरज महर्जनको जोडीले स्वर्ण पदक जितेका छन्। शनिबारको फाइनल खेलमा खड्का र महर्जनको जोडीले कास्कीका होम गुरुङ र पुलिसका बिष्णु कटुवालको जोडीलाई २१—१९ र २१—१४ को सोझो सेटमा पराजित गरी प्रथम हुदै स्वर्ण पदक हात पारेका हुन्।  

यू—१७ पुरुष तर्फको खेलमा आर्मीका डेभिड थापा मगरले स्वर्ण पदक जितेका छन्। फाइनलमा एपिएफका रोशन साउदलाई २१—९, र २१—१९ को सेटमा पन्छाउदै उपाधि जिते। यू—१७ महिला तर्फको खेलमा आर्मीकी शेष्ना सिर्पालीले स्वर्ण पदक जितिन। फाइनल खेलमा र्शीपालीले आर्मीकै रेहाना शेरचनलाई २१—८, र २१—१७ को सेटमा पन्छाउदै उपाधि जितिन्।  

यू—१२ ब्वाईज तर्फको खेलमा आर्मीका सुदेश राजकोटीले स्वर्ण पदक जिते। उनले शनिबार भएको फाइनल खेलमा तनहुँका सफल भुजेललाई २२—२०, र २१—१६ को सेटमा पन्छाउदै स्वर्ण पदक जिते। यू—१२ गल्र्स तर्फको खेलमा नेक्सश इन्टरनेश्नल स्कुलकी सलिन श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनले वेल्टर व्याडमिन्टर एकेडेमीकी नितसा रैकामगरलाई २१–१७, १७–२१ र २२–२० को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन्।  

मिक्स डवल तर्फको खेलमा पुलिका प्रिन्स दाहाल र निता लम्सालको जोडीले स्वर्ण पदक जितेका छन्। शनिबार भएको फाइनल खेलमा दाहाल र लम्सालको जोडीले आर्मीका पविन लिङथेप र अनुमाया राईको जोडीलाई २१—१७, र २१—१४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।  

पुरुष डवल तर्फको विधामा पुलिसकै प्रिन्स दाहाल र बिष्णु कटुवालको जोडीले स्वर्ण पदक हात पार्न सफल भयो। शनिबार भएको फाइनल खेलमा दाहाल र कटुवालको जोडीले कास्कीका विधान अधिकारी र आर्मीका पविन लिङदेनको जोडीलाई २१–१६, २३–२५ र २१–१९ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।  

महिला डवल तर्फको विधामा शनिबार भएको फाइनल खेलमा एपिएफकी पुजा श्रेष्ठ र भोजपुरकी नङसाल तामाङको जोडीले आर्मीकी प्राथना देउवा र आर्मीकी अनु माया राईको जोडीलाई २१—१७, र २२—२० को सेटमा पराजित गरेका थिए।  

प्रतियोगितामा काठमाण्डौं, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट ३ सय बढी खेलाडीहरु सहभागि भएको कोषाध्यक्ष हुम बहादुर गुरुङले बताए। प्रतियोगिताको खुल्ला पुरुष एकल तथा डवल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही ५० हजार,दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार नगद पुरस्कार प्राप्त गरे। महिला एकल तथा डवल, मिक्स डवल, ३५ बर्ष माथिको पुरुष डबल्स, ४५ बर्ष माथि पुरुष डबल्स, ५५ बर्ष  माथि पुरुष डबल्स तर्फको बिधामा विजेता टोलीहरुले जनही ३० हजार, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजारको साथमा शिल्ड मेडल  र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला व्याडमिन्टन संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताए। जुनियर खेलाडीहरुको प्रोत्साहन गर्ने उद्धेश्यले यु—१२ र यु—१७ विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले भने ५ हजार नगदको साथमा शिल्ड मेडल  र प्रमाणपत्र वितरण गरिएको अध्यक्ष श्रेष्ठले जनाए।  

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे), प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष, प्रदेशका कार्यबहाक सदस्य सचिव घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानिया, संघका अध्यक्ष श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस