प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट: मधेशले कोसीलाई हरायो
२८ पौष २०८०
•
१ मिनेट पाठ
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट: मधेशले कोसीलाई हरायो
तस्बिर :नेपाल क्रिकेट संघ क्यान
मूलपानी क्रिकेट मैदानमा अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ प्रेरणामा मधेशले कोसी प्रदेशमाथि सात विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको छ । एक सय २८ रनको सामान्य लक्ष्य मधेशले २०.१ ओभरमा मात्र तीन विकेट गुमाउँदै एक सय ७९ बल अगावै पूरा ग¥यो । विकेटकिपर तथा ओपनर अनिलकुमारले ५४ बलमा ८८ रन जोड्दै मधेशलाई जित दिलाए । उनको इनिङमा १४ चौका र तीन छक्का रह्यो । कप्तान तथा ओपनर हरिशंकर साहले चार चौकासहित २४ रन जोडे ।




यी दुई बीच ९३ रनको साझेदारी नै मधेशको जितका लागि पर्याप्त भयो । कोसीका सोनु मण्डलले दुई र सुजन थपालियाले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोसी ४१ ओभरमा एक सय २७ रनमा अलआउट भयो । कोसीका ओपनर तथा कप्तान अंकित सुवेदीले ५० बलमा सात चौकासहित ४० रन जोडे । फिर्दोस अन्सारीले ४१ रन बनाए । अन्सारीले ७१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यी दुईबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मधेशका प्रदीप पासवानले सात ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १५ रन मात्र खर्चिए । पवन सर्राफ, राजेश यादव र रन्जीत कुमारले समान २ विकेट लिए। विशाल पटेलको नाममा एक विकेट रह्यो। कुल १० टोलीले प्रतिस्पर्धामा गरेको प्रतियोगिता राउन्ड रोविनको आधारमा भइरहेको छ। शीर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थान सम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन्। 
अर्को समाचार
सुजनको सतकका बाबजुद हार्‍यो कोसी, सूर्यको ६ विकेटमा बागमतीलाई जित
०२ माघ २०८०
•
३ मिनेट पाठ
सुजनको सतकका बाबजुद हार्‍यो कोसी, सूर्यको ६ विकेटमा बागमतीलाई जित
तस्बिर सौजन्य: क्यान।
सुजन थपलियाको सतकका बाबजुद कोसीलाई हराउँदै नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।




मंगलबार नै सूर्य तामाङको ह्याट्रिक प्रेरणामा बागमती प्रदेशले तेस्रो खेलमा पहिलो सफलता आत्मसात् गरेको छ। पुलिसले मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा कोसीलाई सात विकेटले हराएको हो। 

सुजनको सतकका बाबजुद कोसीले सहजै पुलिसलाई सुम्पिँदै तेस्रो हार सामना गर्‍यो। टियुमा निकै खराब ब्याटिङ गरेको कोसी ४८.२ ओभरमा एक सय ६६ रनमै अलआउट भयो। जबाफी ब्याटिङ गरेको पुलिसले सामान्य लक्ष्य २३.१ ओभरमै मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो। ओपनरद्वय सुनिल धमला १६ रन र कुशल भुर्तेल १२ रनमा आउट भएपछि पुलिसको सुरुआत राम्रो भएन।

तर, कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन र अर्जुन साउदले ६२ रनको अविजित इनिङ खेल्दै १६१ बल अगावै पुलिसको जित सुरक्षित गराए। यी दुईले ७३ रनको अविजित साझेदारी गरे। दीपेन्द्रले १७ बलमा चार चौका र दुई छक्का प्रहार गरे। अर्जुनको इनिङमा पाँच चौका र दुई छक्का रह्यो। त्यसअघि दिलिप नाथले ३१ बलमा दुई चौका र एक छक्कासहित ३१ रनको योगदान दिए। कोसीका कमल खत्रीले दुई तथा सोनी मण्डलले एक विकेट लिए पनि पुलिसलाई कुनै चुनौती भएन।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोसीले सुजनको १०५ रनको सतकीय इनिङका बाबजुद ४८.२ ओभरमा अलआउट हुनुअघि एक सय ६६ रन मात्र जोड्न सक्यो। सुजनले १२६ बलमा आठ छक्का र ६ चौका प्रहार गरे।

अन्य ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा कोसी सस्तैमा समेटियो। अभ्यास तिमिल्सिनाले २३ रन र कप्तान अंकित सुवेदी १० रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। सुजनले आठौं विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ अग्रसर गराए। पुलिसको बलिङमा करण केसीले ९.२ ओभरमा तीन विकेट लिँदा २८ रन खर्चिए।

उनी म्यान अफ दी म्याचसमेत भए। ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई तथा रासिद खान, सागर ढकाल र कुशलले समान एक विकेट लिए। पुलिसले दोस्रो खेलमा शतप्रतिशत जित कायम राख्दा कोसीले भने तेस्रो हार सामना गर्‍यो। 

मूलपानी क्रिकेट मैदानमा सूर्य तामाङको ह्याट्रिकप्रेरित बागमतीले मधेश प्रदेशलाई ८६ रनले हराउँदै तीन खेलबाट पहिलो दुई अंक जोड्यो। लगातार दोस्रो हार बेहोरेको मधेशको पनि तीन खेलबाट दुई अंक नै छ।

बागमतीले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको मधेश १९ ओभरमा १ सय ४ रनमै समेटियो। मधेशका पवन सर्राफले ४५, मायन यादवले ३१ र नीरज यादवले १५ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। २९औं ओभरमा सूर्यको सनसनीपूर्ण बलिङसामू मधेशका ब्याटर निरीह बन्यो।

यो ओभरमा सूर्यले ह्याट्रिकसहित चार विकेट लिए। पहिलो तीन बलमा क्रमशः रूपेश सिंहलाई २ रन, राजेश यादव र सांसद अन्सरीलाई शून्यमा पवेलियन फर्काउँदै सूर्यले ह्याट्रिक पूरा गरे। उनले अन्तिम बलमा रन्जित कुमारलाई पनि आउट गर्दै यो ओभरको चौथो सफलता पाए।

कुल ९ ओभरमा सूर्यले तीन मेडनसहित ६ विकेट लिँदा १८ रन मात्र खर्चिए। प्रतिश जिसी र इशान पाण्डेको नाममा समान दुई विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रनको सामान्य योगफल बनाएको थियो। तर, ब्याटिङमा साथ नपाउँदा मधेश असफल भयो।

खराब ब्याटिङ गरेको बागमतीका लागि प्रतिश जिसीले नवौं नम्बरमा ब्याटिङ गर्दै अर्धसतक बनाए। ३०.३ ओभरमा बागमती १०३/७ को नाजुक अवस्थामा थियो। तर, प्रतिशले ५९ रन जोड्दै टोलीको इनिङ उकासे।

रविन जोशीले २१, इशान पाण्डेले १५, विपिन आचार्यले १३, कप्तान रित गौतमले १२ र रिजन ढकालले ११ रन बनाए। मधेशको बलिङमा रूपेश सिंह र अर्निको यादवले दुई तथा राजेश यादव, पवन सर्राफ, कप्तान हरिशंकर शाह र रन्जित कुमारले समान एक विकेट लिए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस