जुम्लामा रंगशाला निर्माणले गति लिँदै
०२ पौष २०८०
•
१ मिनेट पाठ
जुम्लामा रंगशाला निर्माणले गति लिँदै
जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित राजासीमा निर्माणाधीन रंगशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ।




आयोजनाअन्तर्गत नगरपालिकाभित्रका एकीकृत सहरी पूर्वाधार विकास कार्यका भौतिक संरचनाको कामलाई अगाडि बढेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख महेन्द्र सिंहले जानकारी दिए।

आर्थिक वर्ष २०७९-८० देखि काम अघि बढेको हो। आयोजना प्रमुख सिंहका अनुसार उक्त काम २०८१ कात्तिकभित्र सक्नुपर्ने सम्झौता छ। नगरभित्रका विभिन्न भौतिक संरचनासहित रंगशाला निर्माणका लागि ४० करोड ६२ लाख रुपैयाँमा कवीन्द्र निर्माण सेवा कम्पनी प्रालि काठमाडाँंसँग सम्झौता भएको उनले जानकारी दिए।

जिल्लामा रंगशाला नहुँदा खेलाडीलाई खेल खेल्न र अभ्यास गर्न सकस हुने गरेको छ। अबको दुई वर्षभित्र रंगशाला निर्माण भएपछि जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न सहज हुने निर्माण आयोजना कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए।

कर्णाली प्रदेशकै नमुना रंगशाला हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालयले जनाएको छ।  –रासस
अर्को समाचार
उपत्यकाका सडक : हेर्ने निकाय थुप्रै, बिजोग जताततै
१३ माघ २०८०
•
३ मिनेट पाठ
उपत्यकाका सडक : हेर्ने निकाय थुप्रै, बिजोग जताततै
फाइल तस्बिर : नागरिक
काठमाडौं उपत्यकामा रहेका सडकको स्तरोन्नति तथा मर्मतसम्भार गर्न भनेर थुप्रै निकायको व्यवस्था गरिएको छ। संघीय सरकारमातहत रहेर सडक हेर्ने गरी सडक विभाग र काठमाडौं उपत्यका चक्रपथ विस्तार आयोजनालाई जिम्मेवारी तोकिएको छ।




सहरी विकास मन्त्रालयअन्तर्गत पनि काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र सघन सहरी तथा भवन निर्माण आयोजनाले पनि उपत्यकाका सडक हेर्ने गर्छन्। प्रदेश सरकारमातहत पनि पूर्वाधार विकास कार्यालय र सहरी विकास कार्यालय छन्।

यसैगरी काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकालगायत उपत्यकाका नगरपालिका तथा गाउँपालिकाले उपत्यकाका सडकको मर्मत–सम्भार तथा स्तरोन्नतिको जिम्मेवारी लिएका छन्। सडक विभागअन्तर्गत पनि उपत्यकाको सडक हेर्न काठमाडौं, ललितपुर र भक्तपुर गरी जिल्लामा छुट्टाछुट्टै डिभिजन कार्यालय खुलेका छन्।

काठमाडौं उपत्यकामा सडकको लम्बाइ ३ हजार ६ सय किलोमिटर पुगेको छ। यमध्ये ७ सय ९१ किलोमिटरको मर्मत–सम्भार तथा स्तरोन्नतीको जिम्मा संघीय सरकारमातहतको सडक विभागलाई रहेको छ। करिब २ हजार ८ सय किलोमिटर सडकको मर्मत तथा स्तरोन्नतिको जिम्मा प्रदेश सररकार र स्थानीय सरकारले लिएका छन्।

काठमाडौं महानगरका अनुसार महानगरले १ हजार ४ सय किलोमिटर सडक महानगरपालिकाले हेर्दै आएको छ। धोबीखोला कोरिडर सडको मर्मतको जिम्मा काठमाडौं उपत्यका विकास प्राधिकरण तथा बागमती नदी कोरिडोर सडकको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले लिएका छन्।

उपत्यकाका सडक हेर्न यी विभिन्न निकाय हुँदाहँुदै काठमाडौंको अधिकांश सडकको अवस्था नाजुक छ। माइतीघर–तीनकुने खण्डको नयाँ बानेश्वरस्थित सडक शुक्रबार भासिएको छ। दुई वर्षअघि पनि यही खण्डमा सडक भासिएको थियो। मूल सडकको अवस्था त यस्तो नजुक छ भने भित्री सडकको अवस्था झनै दयनीय छ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको दायाँबायाँ बत्ती राखेर सडक झकिझकाउ बनाइएको छ। तर वरिपरिका भित्री सडकमा भने जहाँतहीँ खाल्डाखुल्डी मात्रै भेटिन्छन्। काठमाडौंको सडक नाजुक रहेको विषय उठ्दा सडक हेर्ने जिम्मेवारी लिएका निकायहरू एकअर्कालाई दोषरोपण गरेर आफू पानीमाथिको ओभानो बन्ने गरेका छन्। ती संस्थाका अधिकारीहरू आफ्नो जिम्मेवारीमा रहेका सडकहरूमा समस्या नरहेको दाबी गर्न छाड्दैनन्।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडक विभागले हेर्ने सडकमध्ये ७० देखि ८० प्रतिशत सही अवस्थामा रहेको दाबी गरे। ‘हामीले जिम्मा लिएकामध्ये धेरैजसो सडक सही अवस्थामै छन्। तर हाम्रो जिम्मामा नरहेका सडक बिग्रँदा अथवा खाल्डाखुल्डी हुँदा पनि हामीमाथि नै अपजस लाग्ने गरेको छ,’ ढकालले भने, ‘सडक भन्नेबित्तिकै सबैको मर्मत–सम्भारको जिम्मा विभागकै हो भन्ने मान्छेलाई परेको छ।’

यस्तै तर्क काठमाडौं सडक डिभिजनका प्रमुख नारायणदत्त भण्डारीले पनि गरे। सडक डिभिजन काठमाडौंले हेर्ने गरेको सडक सही अवस्थामा रहेको उनको दाबी छ। ‘हामीले हेर्ने सडकको जिम्मा लिनुपर्छ, लिन्छौं। हामीले हेर्ने सबै सडक राम्रो अवस्थमा छन्,’ उनले भने।

प्रदेश सरकारको मातहतमा रहेको पूर्वाधार विकास कार्यालयले काठमाडौं र ललिपुर जिल्लामा चालु आवमा १९८ वटा टुक्रे योजना राखेको छ। थुप्रै ठाउँमा भित्री सडकका योजना पनि उक्त कार्यालयले राखेको छ।

प्रदेश सरकारले जिम्मा पाएका योजनाहरू कार्यान्वयनका लागि काम सुरु भइसकेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी चिरञ्जीवी लामिछानेले बताए। प्रदेशमातहत उपत्यकामा पर्ने सडकहरू सही अवस्थामा रहेको उनको भनाइ छ। ‘हामीले हेर्ने सडक सही अवस्थामा राख्न काम सुरु गरिसकेका छौं,’ उनले भने।

उपत्यकाका चक्रपथ, अरनिको राजमार्गका साथै गोदावरीदेखि बुढानीलकण्ठसम्म, थापाथली–त्रिपुरेश्वर हुँदै कलंकीसम्म, माइतीघर–नयाँ बानेश्वर हुँदै तीनकुनेसम्म, सूर्य विनायकदेखि धुलिखेलसम्मका सडक संघीय सरकारले हेर्ने गरेको छ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार संघीय सरकारले देशभरि ८० वटा राजमार्ग हेने गर्छ। यी राजमार्गको कुल लम्बाइ १३ हजार ९ सय १३ किलोमिटर छ। राष्ट्रिय अर्थतन्त्रमा महŒवपूर्ण प्रभाव पार्ने तथा आठ मिटरभन्दा बढी चौडाइका सडक तथा राजमार्ग र ट्राफिकको अवस्था संघीय सरकारले नै हेर्ने गरेको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस