धारा नेपालगन्ज म्याराथनको नवौं संस्करण उपाधि एपिएफका गोपीचन्द्र पार्कीले हात पारेका छन्।
नेपालगन्ज म्याराथनमा उनको यो दोस्रो उपाधि हो। यसअघि छैठौं संस्करणमा पनि पार्कीले उपाधि हात पारेका थिए। म्याराथनमा नेपाल आर्मीका खडकबहादुर खड्का उपविजेता भए।
यस्तै एपीएफका किरणसिंह बोगटी तेस्रो भएका छन्। उनले यसअघि ७ औं संस्करणमा उपाधि जितेका थिए। दक्षिण एसियाली खेलकुद (साग) मा ४२ किलोमिटर म्याराथनमा बोगटीले नेपाललाई स्वर्ण दिलाएका थिए।
म्याराथन विजेता पार्कीले नगद दुई लाख, उपविजेता खड्काले एक लाख र तेस्रो स्थानमा आएका बोगटीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
यसैगरी हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन्। जितसँगै उनले नगद ७५ हजार प्राप्त गरिन्। यसअघि पनि दुई पटक उनले हाफ म्याराथनमा उपाधि हात पारेकी थिइन्।
सन्तोषी १३ औँ सागमा १० किलोमिटरतर्फ स्वर्ण विजेता खेलाडी हुन्। हाफ म्याराथनमै फूलमति राना उपविजेता र पुष्पा भण्डारी तेस्रो स्थानमा आएका छन्। फूलमतिले नगद ५० हजार र पुष्पाले नगद २५ हजार प्राप्त गरे। विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिरको स्मरणमा नेपालगन्जमा हरेक वर्ष क्रियटिभ ह्याण्ड्सले प्रतियोगिता आयोजना गर्दै आएको छ।