ओपनर फखर जमानको आक्रामक सतक प्रेरणामा पाकिस्तानले वर्षाद्वारा प्रभावित खेलमा शनिबार न्युजिल्यान्डमाथि २१ रनको नाटकीय जित निकाल्दै विश्वकपबाट छिटै बहिर्गमन हुनबाट बचाएका छन्।
३३ वर्षे ब्याटसम्यान फखरले ८१ बलमा १२६ रन जोड्दा ११ छक्का र आठ चौका प्रहार गरे। उनको यो आक्रामक ब्याटिङका कारण पाकिस्तान २५.३ ओभरमा २००/१ को अवस्थामा पुग्यो।
डिएल मेथडका आधारमा ४१ औं ओभरभित्र ३४२ रनको लक्ष्य पाएको पाकिस्तानलाई त्यो रन जितका लागि पर्याप्त थियो। वर्षाले खेल हुन नसकेपछि पाकिस्तानले २१ रनको नाटकीय जित निकाल्यो।
‘हरेक खेलमा गर या मरको अवस्थामा छौं भन्ने हामीलाई थाहा छ,’ जमानले भने। त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ४०१ रनको विशाल योगफल जोडेको थियो।
रचिन रविन्द्रले जारी विश्वकपमा तेस्रो सतक प्रहार गर्दा अनुभवी ब्याटर केन विलियम्सनले ८५ रन बनाएपछि न्युजिल्यान्डले पाकिस्तानसामू कठिन लक्ष्य प्रस्तुत गरेको हो। तर, पाकिस्तानले २१.३ ओभरमा १६०/१ को अवस्थामा ब्याटिङ गर्दा वर्षाले ९० मिनेट खेल हुन सकेन।
यस पटक पनि जमानले उत्कृष्ट ब्याटिङ गर्दै पाकिस्तानलाई डिएल मेथडको आधारमा १० रनले अगाडि राखेका थिए। तर, खेल सुचारु भयो र पाकिस्तानले ३४२ रनको नयाँ लक्ष्य पायो। दोस्रो पटक पनि वर्षाले खेल प्रभावित भयो। यस पटक भने पाकिस्तान २१ रनले अगाडि थियो।
वर्षाले खेल हुन सकेन र पाकिस्तान डिएल मेथडका आधारमा जित निकाल्न सफल भयो। त्यसअघि २५औं ओभरमा जमानले इस सोधीले तीन छक्का प्रहार गर्दै २०० रनको आँकडा पूरा गरेका थिए।